झापा- विद्युत सर्ट भइ इलामको रोङमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।
गएराति १०.४० बजे रोङ गाउँपालिका– ३ चिण्डेपानी बस्ने तिलबहादुर भुजेलको टिनको छानो, काठ–टिनको बेरा भएको एक तले घरमा विद्युत सर्ट भइ अचानक आगलागी भएको हो ।
किराना पसल रहेको घरमा भएको आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट हुनुका साथै पसलमा रहेका किराना सामानहरु, अन्नपात, १ थान चेन सो मेशिन, १ थान ग्रयान्डर मेशिन, तिलबहादुर भुजेलको नागरिकता, मोटरसाइकलको ब्लुबुक, लाइसेन्स, पसलमा रहेको नगद अन्दाजी ६ हजार तथा अन्य कागजपत्र जलेको पीडितले बताएका छन् ।
उक्त आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरी चौकी हर्कटेको प्रहरी टोली र स्थानीयको सहयोगमा राति ११.३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
Facebook Comments Box
