Author: खबरमञ्च
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गतेको तीनकुने घटनाबारे सत्यतथ्य र निष्पक्ष छानविन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरूले बिहीवार सिंहदरबारस्थित कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष लिङदेनले सरकारले दमन गरेको आरोप लगाउँदै दमनमा संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने उल्लेख गरे । निष्पक्ष छानिवनका लागि पनि न्यायिक आयोग गठन गर्न माग उनले गरे । भविष्यमा यस्ता घटना हुन नदिनको लागि सरकारले गम्भिर भएर अनुसन्धान गर्नुपर्ने उनको जोड छ । घटनाको स्वतन्त्र छानविनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा…
काठमाडौँ- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हु्न् । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरू तलव पाउनबाट वञ्चित भएका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए । प्रमुख बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताल फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् । महानगर प्रमुख बालेन्द्र साहले गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखेका…
काठमाडौँ- आन्दोलित शिक्षकहरुले अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । बिहीवारको प्रर्दशनका क्रममा उनीहरूले सरकारले आफ्ना मागहरू पूरा गर्न अध्यादेशबाट भए पनि नयाँ शिक्षा ऐन ल्याउनुपर्ने बताएका हुन् । उनीहरूले सरकारले हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सदनमा ल्याउने भने पनि नल्याएको बताए । प्रदर्शनमा सहभागी शिक्षक भूपेन्द्रनाथ अधिकारीले समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आफूहरू आएको र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गरे । उनले अब आउने शिक्षा ऐनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल गर्नुपर्ने बताए। उनले भने, ‘समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आएका हौँ । शिक्षा ऐन जारी गरियोस् । शिक्षा ऐन नहुँदा…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन्। बिहीवार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल—थाइल्याण्डबीच दौंत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए । नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको छ । पछिल्लो दशमा थाइल्याण्डले विकास गरेको प्रविधि, हाँसिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरुका कारण अहिले समृद्ध मुलुकहरुमध्ये एक थाइल्याण्ड पर्दछ । थाइल्याण्डले सिकेका ज्ञान, सीप र हाँसिल गरेको नविनतम प्रविधिहरू नेपालमा…
झापा- झापाको कमल गाउँपालिका वडा न. ५ मा रहेको सगरमाथा ग्यारेजमा आगलागी भएको छ । लवडाँडाबाट ५० मिटर भित्र गेटबाँधमा सञ्चालनमा रहेको सो ग्यारेजमा गएराति अन्दाजी १० बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो । आगलागीवाट सोही ग्यारेजमा विगत ८/९ महिनादेखि मर्मतको लागि राखेको बा १ ज ९६६७ नम्बरको भ्यान पूर्णरुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली, कमल गाउँपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
बिर्तामोड- बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कुनै प्रलोभनमा नपरी आयोगको काम गर्न कर्मचारीलाई निर्देशन दिए। राजनीतिक दलहरुले निर्बाचनको समयमा भूमिहीनहरूको समस्या समाधान गर्ने, धनीपुर्जा वितरण गर्ने लगायतका आश्वासन बाँढ्ने गरेको भए पनि सरकारमा पुगेपछि प्रतिवद्धता अनुसारका काम नगर्ने र अन्य विवादमा अल्झिने गरेकाकारण जनता पीडित नै रहेको उनले गुनासो गरे । यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बिर्तामोडमा करिब २६ सय वटा निवेदन दर्ता रहेको जानकारी दिए। उनले वास्तविक…
झापा- सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए। अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्नसक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उनको भनाइ छ । समाजसेवी नीलकण्ठ तिवारीले अक्षयकोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा रु एक लाख ११ हजार १११ प्रदान गरेर सहयोगको थालनी गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा आश्रम रहेको छ । स्थानीय रामबहादुर प्रधानले…
झापा- ट्रयाक्टरबाट झरेर झापा गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो ४.३० बजे झापा गाउँपालिका वडा न.३ झाँटीस्थित भित्री पक्की सडकखण्डमा झाँटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नं.को ट्रयाक्टरमा सोही ठाउँका ६० वर्षीय रमेश हस्दा लिप्ट मागेर चढेका थिए । अचानक बेहोस भइ उनी ट्रयाक्टरबाट झरेर घाइते भएकोमा उपचारको लागि स्वास्थ्य चौकी शरणामति लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा साँझ ६ः३० बजे मृत्यु भएको हो । शव प्रादेशिक अस्पतालको शवगृहमा पोष्टमार्टमको लागि राखिएको छ । ट्रयाक्टर धनी आफै भएका चालक सोही ठाउँ बस्ने ४८ वर्षीय देवकुमार गणेश…
काठमाडौँ- राजधानी तीनकुनेमा गत शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि ५८ राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली २० जनालाई लागेको प्रहरीले स्वीकार गरेको छ। नेपाल प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्यले भीड अराजक बन्न थालेपछि प्रहरी गोली चलाउन बाध्य भएको बताए। प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको उनले दाबी गरे। प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए। गोली २ महिला र १८ पुरुष गरी २० जनालाई उनले बताए। त्यसका अतिरिक्त ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको…
झापा- इलाममा ससुराले बन्चरो प्रहार गरी ज्वाइँलाई घाइते बनाएका छन् । बुधबार बिहान ११ बजे इलाम नगरपालिका– १२ साङरुम्बा बस्ने ८८ वर्षीय अम्बरसिंह लिम्बूले आफ्नै ज्वाइँ ५० वर्षीय कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहार गर्नुपर्ने कारण खुलिसकेको छैन । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाइएको छ । टाउकोमा चोट लागेका घाइतेको अवस्था गम्भीर रहेको छ । बन्चरोसहित बन्चरो प्रहार गर्ने वृद्ध लिम्बूलाई प्रहरी चौकी गोलाखर्कले नियन्त्रणमा लिएको छ ।