Author: खबरमञ्च
काठमाडौँ- नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा अहिले धेरै कुराहरू रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले अहिले काँग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा काँग्रेसले खबरदारी गर्नुपर्ने बताए । एमाले नेपाली काँग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए। संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए। दण्डहीनता दिनप्रतिदिन बढिरहेको उनले बताए । सांसद कोइरालाले भने, ‘राजनीतिमा अहिले धेरै…
रुपन्देही- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए। “समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन । शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ । तपाईँहरूले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ”, उनले भने । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा एकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग…
काठमाडौँ- काठमाडौँको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । झापाको भद्रपुरबाट शुक्रबार नियन्त्रणमा लिई बुधबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईँमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। सोही इजलासले उनका सुरक्षासहयोगी दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको उनले जानकारी दिए। पूर्वराजाका समर्थकहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कसुरमा राप्रपाका नेताहरु…
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन्। तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोपमा फरार रहेका प्रसाई पक्राउ परेका हुन्। उनलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दियो। उनी नेपालमै रहेको भन्दै पटक-पटक भिडियो सन्देश सार्वजनिक गर्दै आएका थिए।
विराटनगर- झापा र मोरङ जिल्लाका दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भइ हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएका ५४ बर्षीया दूधकुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गइ कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पुर्याएको थियो । यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारीस्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार…
झापा- इलाममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १०ः५० बजे इलाम नगरपालिका ७ जिरोस्थित मेची राजमार्गमा धोबिधाराबाट जिरोतर्फ जाँदै गरेको को १ त ७३४१ नम्बरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । मृतक ट्रयाक्टर चालकको पहिचान खुलिसकेको छैन । जिल्ला इलाम (ठेगाना तत्काल नखुलेको) अन्दाजी वर्ष ४० का सुवास तामाङ भनिए पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाएकोमा राति ११ः२० बजे डाक्टरले मृत घोषणा गरेका थिए । घटनास्थलको मुचल्का तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिएको इलाम प्रहरीले जनाएको छ ।
काठमाडौँ- नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनी दुई हजार ४३१ मतान्तरले विजयी भएका हुन्। नेपाल बार एसोसिएसन निर्वाचन २०८१, का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्राडा मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गरे । नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियोे । निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद…
झापा- चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले मानवअधिकारकर्मी र कानुन व्यवसायीको रोहबरमा आत्मसमर्पण गर्न तयार रहेको बताएका छन् । उनले पुनः आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो २४ घण्टाभित्रै आफू आउने बताएका हुन् । ‘पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु,’ प्रसाईंले भनेका छन् । उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन् । प्रसाईंले भनेका छन्, ‘मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु…
भद्रपुर- झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ। घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भइ हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
झापा- झापाको अर्जुनधारा– ११ स्थित मकैवारीमा एक बेवारिसे शव फेला परेको छ। मागी खाएर हिड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव बुधबार बिहान फेला परेको हो। उनको एउटा खुट्टामा घाउ भएको थियो। उनी वीरे दमाईसंगै दमाईको कटेरोमा बस्ने गरेका थिए। दमाईको कटेरो नजिक ती पुरुषको शव फेला परेको हो। शवको प्रकृति हेर्दा केही दिनअघि मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए। प्रहरीले अनुसन्धानका लागि वीरे दमाईलाई पक्राउ गरेको छ। दमाईको घरमा मृत्यु भएर शव मकैवारीमा फालेको हुनसक्ने डीएसपी विष्टले बताए। शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे अनुसन्धान थालिएको उनले जानकारी दिए।