Author: खबरमञ्च

झापा- कोशी प्रदेशका एक सय ५० विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशीको आयोजनामा प्रत्येक जिल्लाका १०–१० विद्यालय र झापाका थप १० वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी आयोजना हुने भएको हो । प्रदर्शनीमा सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद रु चार लाख पुरस्कार प्रदान गरिने छ…

Read More

झापा- झापाको अर्जुनधारा जलेश्वरधाममा बुधबार १९ जोडीको सामुहिक बिवाह भएको छ। जलेश्वर धाम समितिको सक्रियतामा पहिलो पटक यहाँ सामुहिक विवाह भएको हो। विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्लाका १९ जोडीको सामूहिक विवाह गराएको हो। वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको जलेश्वर धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए। सामूहिक विवाहमा बरबधूलाई आवश्यक श्रंगारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरी, गाग्री खड्कुँलासहित भाँडा वर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्थासमेत गरिदिएको उनको भनाइ छ। अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह…

Read More

दमक (झापा)- मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीको बुद्ध चोकमा सोमबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते स्थानीय ६० वर्षीय पुष्प दास दर्जीको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।डुडामारी चोकबाट झिलझिलेतर्फ गइरहेको प्र. १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते दर्जीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो । दुर्घटनामा संलग्न सोही ठाउँका मोटरसाइकल चालक ३० वर्षीय दुरेन शेर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गए मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।निगमले चारआली, विराटनगर,…

Read More

झापा- हात्तीले खेदाउँदा झापा मेचीनगरका एक पुरुष लडेर घाइते भएका छन्। मंगलबार बिहान करिब १० बजे कालीझोडा सामुदायिक वनमा दाउरा खोज्न जाँदा एउटा हात्तीले खेदाउँदा भाग्ने क्रममा लडेर मेचीनगर नगरपालिका वडा नं १२ कालिका बस्ने ३२ वर्षीय सन्तोस लिम्बू घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। उनको बाँया खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ।

Read More

पाँचथर- नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो । प्लाष्टिक र चित्राले बनाइएका दर्जनौँ स्टलमा राखिएका चौँरीजन्य सामग्रीसहित स्थानीय उत्पादनका परिकार । गोठहरूमै बसोबासको प्रबन्ध तर पनि महोत्सव सुरु नहुँदै पर्यटकको उल्लेख्य उपस्थिति । चैत ३१ गतेदेखि सुरु भएको महोत्सवको झलक थियो यो । उच्च पहाड भए पनि फालेलुङको चाररातेमा आज सम्पन्न आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पर्यटक पुगेका थिए । पर्यटक…

Read More

काठमाडौँ- नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।  सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव ज्ञवालीले बताए। उनका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् । त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका…

Read More

झापा- नयाँ वर्षमा इलाम घुम्न गएका बिर्तामोडका युवकको मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । सोमबार दिउँसो ४ः१० बजे इलाम माई नगरपालिका –४ सुखानीस्थित बिर्तामोड–दानाबारी भित्री सडकखण्डमा दानाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नं. को मोटरसाइकलले अर्जुनधारा– ६ बस्ने रोम पाठकका छोरा २ वर्षीय ओस्कर पाठकलाई ठक्कर दिई घाइते बनाएको थियो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचारको गराइरहेकोमा दिउँसो ४ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड– ४ बस्ने ३३ वर्षीय नकुल राजवंशीलाई प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ- विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले सोमबार १३ औँ दिन पनि प्रदर्शन जारी राखेका छन् । सरकार र शिक्षकबीच दुई पटक वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माईतीघर मण्डलमा शुरु भएको थियो । एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरुले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई थप तिब्रता दिएका छन् । सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरुको माग छ ।  लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति…

Read More

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ…

Read More