झापा- हात्तीले खेदाउँदा झापा मेचीनगरका एक पुरुष लडेर घाइते भएका छन्।
मंगलबार बिहान करिब १० बजे कालीझोडा सामुदायिक वनमा दाउरा खोज्न जाँदा एउटा हात्तीले खेदाउँदा भाग्ने क्रममा लडेर मेचीनगर नगरपालिका वडा नं १२ कालिका बस्ने ३२ वर्षीय सन्तोस लिम्बू घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
उनको बाँया खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box