Author: खबरमञ्च
झापा- झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार उनले ३८,६७४ मत प्राप्त गर्दै विजयी भएका हुन्। यस क्षेत्रको अघिल्लो २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी का राजेन्द्र प्रसाद लिङ्देन ४०,६६२ मतसहित विजयी भएका थिए। सो निर्वाचनमा नेपाली काँग्रेस का कृष्ण प्रसाद सिटौला ले ३७,३८६ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ले ३,४६१ मत ल्याएका थिए।
झापा- अन्तिम मत परिणाम नआउँदै झापा ५ मा रास्वपाका बालेन्द्र शाहको जीत निश्चित भएको छ। प्रधानमन्त्रीको रुपमा अघि सारिएका शाहको विजयी हुने निश्चित भएको हो। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रेका हुन्। त्यसमा बालेनले ५९ हजार ५६८ मत ल्याएका छन् भने ओलीले १६ हजार ३५० मत पाएका छन् । ओलीभन्दा बालेन ४३ हजार २१८ मतले अगाडि रहेका छन् । रास्वपामा सबैभन्दा बढी मत ल्याएर बालेनले निर्वाचन जित्न लागेका हुन् ।
काठमाडौं- बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी लहर देखिएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र अन्य जिल्लाहरूमा समेत ‘घण्टी’ चुनाव चिह्नमा मतदाताको आकर्षण देखिएको हो । रास्वपाले मतगणना अघि बढ्दै जाँदा आफ्नो अग्रता बढाएर ४३ स्थानमा पुर्याएको छ । परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूलाई नै पछि पार्दै रास्वपाका उम्मेदवारहरूले सानदार मतका साथ अग्रता लिइरहेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न ४३ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । कुन निर्वाचन क्षेत्रमा को अगाडि ? (प्राप्त मतसहितको सूची):१. रन्जु न्यौपाने – काठमाडौं १ (१२०७८ मत)२.…
झापा- झापा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमा मतदाताहरूको उल्लेख्य सहभागिता देखिएको छ। निर्वाचन क्षेत्र नम्बर १ देखि ५ सम्मको तथ्यांक अनुसार कुल मतदाता संख्या ७ लाख १३ हजार ५३७ रहेकोमा खसेको मत ४ लाख ५८ हजार ३६२ जनाले मतदान गरेका छन्। यो तथ्यांक अनुसार झापामा ६४ प्रतिशत भन्दा बढी मतदान भएको छ। मतदानको तथ्यांकः
काठमाडौँ- निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरुको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गरे । दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै…
काठमाडौँ- दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ः०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ । दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ । अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । उनका अनुसार दिउँसो २ः०० बजेसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उल्लेख गरे । देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको पनि आयोगले जनाएको छ । मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा…
काठमाडौँ- जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी छ। निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्…
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु-याइसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ । भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले आज पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्व अनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको…
झापा- झापाका १०७ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । झापा कारागारमा रहेका ती कैदीबन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको हो । मतदाताको अन्तिम नामावलीमा नाम भएका कैदीबन्दीहरुले मतदान गर्न पाउने कारागार प्रमुख रेवन्त भट्टराईले बताए । झापा कारागारमा १ हजार ६६२ जना कैदीबन्दी रहेका छन् । झापामा तीनवटा अस्थायी मतदान केन्द्र रहेका छन् । अन्य दुईवटा अस्थायी मतदान केन्द्र निर्वाचनमा नखटिएका सुरक्षाकर्मी र कर्मचारीहरुका लागि व्यवस्था गरिएको हो ।
झापा- भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा धमाधम तयारी थालिएको छ। यसै क्रममा झापा- २ का विभिन्न निर्धारित स्थानमा पनि मतदान स्थलहरू बनाउने काम धमाधम थालिएको छ। झापा- २ यसपटक रोचक चुनावी मैदान बनेको छ। यस क्षेत्रमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेकपा एमालेबाट, उपसभामुख इन्दिरा राना रास्वपाबाट र पूर्वसांसद सरिता प्रसाइँ नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन्। त्यसैगरी माओवादी नेतृ धर्मशीला चापागाईं नेकपाबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर दोस्रो भएका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) यसपटक राप्रपाबाट मैदानमा उत्रिएका छन्।