झापा- अन्तिम मत परिणाम नआउँदै झापा ५ मा रास्वपाका बालेन्द्र शाहको जीत निश्चित भएको छ।
प्रधानमन्त्रीको रुपमा अघि सारिएका शाहको विजयी हुने निश्चित भएको हो। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रेका हुन्।
त्यसमा बालेनले ५९ हजार ५६८ मत ल्याएका छन् भने ओलीले १६ हजार ३५० मत पाएका छन् ।
ओलीभन्दा बालेन ४३ हजार २१८ मतले अगाडि रहेका छन् ।
रास्वपामा सबैभन्दा बढी मत ल्याएर बालेनले निर्वाचन जित्न लागेका हुन् ।
Facebook Comments Box
