Author: खबरमञ्च
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। पेसी ट नम्बरमा पालो रहेको छ। बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लाागि सरेको थियो। दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन्। उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए।
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उनको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ। व्यास नगरपालिका–३ अनसन चौतारीमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो। नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो। दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी थिए। कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताए। तनहुँको…
काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । रामसहाय प्रसाद यादव हाल बारा २ का प्रतिनिधि सभा सदस्य हुन् भन जसपाको संसदीय दलको नेता पनि हुन्।
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । यता नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले १५ हजार ५ सय १८ मत पाएका छन्। उनले प्रदेशमा ७ हजार ७७६ र संघमा ७ हजार ७४२ मत पाएका छन्। खसेको मतमध्ये ५ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौं। राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। ३१३ संघीय सांसद् र ५१८ प्रदेश सांसदले दिउँसो ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल पुगेर मतदान गरेका थिए। मतदान सकिएसँगै गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए। मतपरिणाम आजै साँझ ७ बजेसम्म सार्वजनिक गर्ने आयोगको तयारी छ।
काठमाडौं। राष्ट्रपतिका लागि भइरहेको निर्वाचनको मतदान सकिएको छ। तीन बजेका लागि निर्धारित समयभित्रै मतदान प्रक्रिया सकिएको हो। मतदान सकिएसँगै निर्वाचन आयोगले चार बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ। राष्ट्रपति उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिहरूसँग छलफल गरेर निर्वाचन आयोगको मतगणनासम्बन्धी निर्णय गरेको हो। उक्त बैठकले स्वस्तिक छाप नभएको मत बदर हुने जनाएको छ। सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने र नभएमा बदर हुने निर्णय भएको छ। संघीय संसद् र प्रदेश सभाको अलग–अलग मतगणना हुनेछ। मतगणना स्थलमा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहनेछन्।
काठमाडौँ । राष्ट्रपति चयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्। बिहीबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनस्थित मतदान स्थलमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मतदान गरेका हुन्। राष्ट्रपतिका लागि सत्ता गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन् भने एमालेका तर्फबाट पूर्वसभामुखसमेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेमवाङ उम्मेदवार छन्। बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवाचन्द्र नेम्वाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । राष्ट्रपति चयनका लागि मतदान भइरहेको स्थालबाट पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले देश र जनताका अगाडि ठूलो चुनौती रहेको बताए । नेम्वाङले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने प्रयास गरेको उल्लेख गरे । ‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ । सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’ उनले थपे ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ। गोलाप्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ। प्रचण्डले द्वन्द्वकालीन हत्यामा ५ हजारको जिम्मा आफूले लिन्छु भनि दिएको अभिव्यक्तिलाई लिएर पीडितहरूले रिट दायर गरेका हुन्। उक्त रिटलाई खारेज गर्ने कि अघि बढाउने बिहीबार हुने आदेशले तय गर्ने छ। यदि सर्वोच्चले पहिलो सुनुवाइमै खारेज गरेमा यो प्रक्रिया नै समाप्त हुने छ भनेन कारण देखाऊ आदेश जारी गरेमा अघि बढ्ने छ। अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। प्रशासनले दरपिठ गरेपछि निवेदकहरू इजलासमा पुगेका थिए। गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद…