काठमाडौँ । राष्ट्रपति चयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्।
बिहीबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनस्थित मतदान स्थलमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मतदान गरेका हुन्।
राष्ट्रपतिका लागि सत्ता गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन् भने एमालेका तर्फबाट पूर्वसभामुखसमेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेमवाङ उम्मेदवार छन्।
बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।
Facebook Comments Box
