काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
रामसहाय प्रसाद यादव हाल बारा २ का प्रतिनिधि सभा सदस्य हुन् भन जसपाको संसदीय दलको नेता पनि हुन्।
Facebook Comments Box