Author: खबरमञ्च

काठमाडौं । ईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलामा युएईविरुद्ध खेलिरहेको नेपाल संकटमा परेको छ । जितका लागि ३११ रनको बिशाल लक्ष्य पन्छाइरहेको नेपालले ३७ रन जोड्दा ३ विकेट गुमाइसकेको छ । कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल ५ र आसिफ शेख शुन्यमा आउट भए । जित्नैपर्ने खेलमा खेलमा नेपालको पारी संकटमा परेको छ ।

Read More

हेटौँडा। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो। गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो। बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्।

Read More

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिबारे शुक्रबार निर्णय लिने भएको छ। शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट पार्टीले उपराष्ट्रपतिबारे निर्णय लिनेमहामन्त्री मुकुल ढकालले बताए। उपराष्ट्रपति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ। जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्। गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो। तर यसपटक भने उसले पुरुष उम्मेदवारलाई मत नदिने मनसाय बनाइरहेको बताइन्छ।

Read More

युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको छ। पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ। पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए। यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। अहिले नेपाल जवाफी ब्याटिङ गररहेको छ। खेल हेर्न टियू क्रिकेट मैदानमा ११ हजारले टिकटनै लिएको क्यानले जनाएको छ । टिकट नपाउने धेरैले नजिकैका रुख र घरबाट क्रिकेट हेरेका छन्। हेर्नुस् टियूमा क्रिकेट क्रेज:

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।।

Read More

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपाललाई दीपेन्द्रसिंह ऐरीले पाँचौँ सफलता दिलाएका छन् । ऐरीले यूएईका रोहन मुस्तफालाई एलबीडब्लू आउट गरेका हुन् । मुस्तफा ३१ बलमा २० रन बनाई पेभेलियन फर्किए ।

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले ब्याटिङ गरिरहेको छ। जारी खेलमा युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको छ। उसका लागि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए। उनले ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

Read More

काठमाडौं । दुग्ध विकास संस्थानले दूधको नयाँ मूल्य आजबाट कार्यन्वयनमा ल्याएको छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको हुनाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध पठाइएको हो । संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेर प्रतिलिटर ८६ रुपैयाँ रहेको दूध ९७ रुपैयाँ पुगेको छ ।त्यस्तै, गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । त्यसैगरि, चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग –२ को अन्तिम खेलमा नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् । उनले ट्वीटरमा ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु ।’ https://twitter.com/kpsharmaoli/status/1636203665123082240?s=20 कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएई र नेपालबीच खेल चलिरहेको छ।

Read More