काठमाडौं । दुग्ध विकास संस्थानले दूधको नयाँ मूल्य आजबाट कार्यन्वयनमा ल्याएको छ ।
डीडीसीका महाप्रबन्धक सञ्जीव झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको हुनाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध पठाइएको हो ।
संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेर प्रतिलिटर ८६ रुपैयाँ रहेको दूध ९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ ।
त्यसैगरि, चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।
Facebook Comments Box