Author: खबरमञ्च

काठमाडौं । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। मध्यराति दुई पटक भूकम्प गएको हो। राति ११:५८ बजे ४.९ म्याग्निच्युडको र राति १:३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो। भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका अन्य जिल्ला तथा अन्य जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुर्‍याएकोबारे यकिन हुन सकेको छैन। सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो।

Read More

काठमाडौँ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ।  केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ सम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा दिइएको थियो। बुधबारसम्ममा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ।  केन्द्रको विराटनगर कार्यालयबाट १६ लाख ५४ हजार चार सय, जनकपुर कार्यालयबाट १५ लाख ८० हजार तथा भरतपुर कार्यालयबाट १४ लाख १५…

Read More

काठमाडौं । बैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको हो । बैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन । तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत…

Read More

काठमाडौं । प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस लगाएतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाई गरेपछि त्यसको असर समिति गठनमा परेको हो । कांग्रेसलगायतका दलले समितिका रहनेहरुको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन् । परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरुको नाम बुझाउन केही दलले समय मागेको बताए । संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सदनमा पेश गर्ने बिषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको र यस बिषयमा पुनः छलफल हुने उनले जानकारी दिए । त्यस्तै कांग्रेस मुख्य…

Read More

झापा । कोसी प्रदेशको नामकरणको विरोध गर्दै पहिचानबादीहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको बुधबारेमा बुधबार कालोझण्डा देखाएका छन् । सोही क्रममा पहिचानबादी कार्यकर्ता मित्र लिङ्देनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको बताइएको छ । ओली पूर्वी पहाडका विभिन्न जिल्लामा हुने कार्यक्रमका लागि बुधबार झापा आएका हुन् । बुधबारेको रामजानकी मन्दिरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्ता विरोधले एमालेलाई केही फरक नपर्ने प्रतिक्रिया दिए । इलाम जाने क्रममा झापाको बुधबारेस्थित रामजनकी मन्दिर आयोजित गरिएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा पहिचानबादीहरूले उनलाई कालो झण्डा देखाएका हुन् ।

Read More

वीरगञ्ज । बारा क्षेत्र नम्बर २ मा जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणना अनुसार निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विजयी उम्मेदवार यादवले २८ हजार ४१५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले २ हजार ८२९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार…

Read More

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् । लामिछानेले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठलाई हराएका हुन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठले ११ हजार २५१ मत मात्र प्राप्त गरे । लामिछानेले श्रेष्ठलाई ४३ हजार २५ मतको अन्तरले हराएका हुन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरे ।

Read More

काठमाडौं । चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । केहिबेर अघि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् । उनले भने–‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावनै छैन ।’ सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए । तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले…

Read More

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राखेका छन् । आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । यो क्षेत्रको मतगणना जारी छ ।

Read More

काठमाडाैं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पराजित हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत…

Read More