झापा । कोसी प्रदेशको नामकरणको विरोध गर्दै पहिचानबादीहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको बुधबारेमा बुधबार कालोझण्डा देखाएका छन् ।
सोही क्रममा पहिचानबादी कार्यकर्ता मित्र लिङ्देनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको बताइएको छ ।
ओली पूर्वी पहाडका विभिन्न जिल्लामा हुने कार्यक्रमका लागि बुधबार झापा आएका हुन् ।
बुधबारेको रामजानकी मन्दिरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्ता विरोधले एमालेलाई केही फरक नपर्ने प्रतिक्रिया दिए ।
इलाम जाने क्रममा झापाको बुधबारेस्थित रामजनकी मन्दिर आयोजित गरिएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा पहिचानबादीहरूले उनलाई कालो झण्डा देखाएका हुन् ।
Facebook Comments Box
