काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् ।
लामिछानेले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठलाई हराएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठले ११ हजार २५१ मत मात्र प्राप्त गरे ।
लामिछानेले श्रेष्ठलाई ४३ हजार २५ मतको अन्तरले हराएका हुन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरे ।
Facebook Comments Box
