Author: खबरमञ्च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा दायर गरेको रिट उनले उम्मेद्वारी दर्ता गरेकै दिन सोमबार सर्वोच्चमा दर्ता भएको हो ।सर्वोच्चले दर्ता भएको रिटको पेशी भोलि मंगलबारका लागि तोकेको रिट निवेदक पौडेलले जानकारी दिएका छन् । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ। यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन्।यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित लामिछानेले नागरिकता प्रकरणका कारण पद गुमाएपछि पुन सोमबार बिहान सर्मथक सहित गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति समेत रहेका लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्।उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट…

Read More

बिर्तामोड । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ । आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्र्याक निर्माण गरेर दौडने बाटो नापिसकेको जनाएको छ । त्यस्तै, प्रतियोगिताका लागि ५० जना प्राविधिक स्वयमसेवक तयारी अवस्थामा रहेको प्रमुख निर्णायक लोकप्रसाद ओलीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ३० जना रेफ्री तथा निर्णायकको तालिम पनि सम्पन्न भइसकेको नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कुमार…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ। राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा साेमबार एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो । कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए । तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो । तर सरकारले नै पूर्वराजा शाहको अभिनन्दन कार्यक्रमका लागि अनुमति नदिएकाले प्रशासनले सुरक्षाको कारण देखाएको बुझिएको छ ।

Read More

काठमाडौँ । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ । जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३/३ महिना कैद सजाय हुने फैसला गरिएको हो । जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ । त्यस्तै जिल्ला अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनले दिएको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २ गते सुनाएको…

Read More

काठमाडौँ । प्रधानमन्त्रीको नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्रै म यहाँ उभिएको पटक्कै होइन। म विश्वास दिलाउँछु, हरेकपटक संसद्मा उपलब्धिको डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु। मलाई विश्वासको मत दिएमा संसद्का हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउनेछु।’ तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनेक्रममा दिएको अभिव्यक्ति हो यो। एमालेसहितका राजनीतिक दलको समर्थनमा पुस १० गते तेस्रोपटक प्रधानमन्त्री भएका दाहालले २६ गते प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा जम्मा दुई मत परेको थियो। दाहालले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएको छ। संसदीय…

Read More

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका रिक्त क्षेत्रको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुने भएकाे छ । चितवन-२, तनहुँ-१ र बारा-२ मा सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएकाे हाे। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा खडा गरिएका निर्वाचन कार्यालय मार्फत मनोनयन दर्ता गर्न सकिने जनाएको छ । त्यस्तै, आयोगले आइतबार नै उपनिर्वाचन सम्बन्धि १० बुँदे निर्देशन पनि राजनीतिक दलहरूका लागि जारी गरेको छ । उम्मेदवारको मनोनयन गर्न जाँदा दलहरूले उम्मेदवार र समर्थक प्रस्तावकसहित २५ जना भन्दा बढीको समूह लैजान नपाइने र बाजागाजा वा झाँकी प्रदर्शन गर्न समेत नपाइने आयोगले जनाएकाे छ…

Read More

काठमाडौँ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिए । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिए । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको…

Read More

काठमाडौं। प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली बहुमतले पारित गरेको हो । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनु अघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो । १० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो । उक्त समितले १० फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरेको थियो ।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूहरुले सदनमा सधैँ खाली कुर्सी देखिने गरेको तर्फ इंकित गर्दै अझै कति समय, कति चोटी खाली मेचहरुलाई सम्बोधन गर्दै बस्ने हो? भन्दै प्रश्न गरेकी छिन्। ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’ माथिको दफावार छलफलका क्रममा आफ्नो संशोधन प्रस्तावलाई उल्लेख गर्दै सांसद श्रेष्ठले बैठकको व्यवस्थापन समय नतोकिएकाले खाली मेचलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको बताइन्। ‘सांसदहरु बैठक चलिरहेको समयमा आवातजावत गरिराख्नुहुन्छ। अनि घण्टौँसम्म बिना कुनै विश्राम बैठक चलिरहँदा सबैलाई त गाह्रो हुन्छ नै नि, होइन र? त्यो त एक जना मान्छे वा दुई जना मान्छेलाई मात्रै होइन,’ उनले भनिन्। सांसद श्रेष्ठले आफूहरु उमेर…

Read More