काठमाडौं। प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली बहुमतले पारित गरेको हो ।
आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनु अघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो ।
१० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो । उक्त समितले १० फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरेको थियो ।
Facebook Comments Box
