Author: खबरमञ्च
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न प्रधानमन्त्री बनाएको भएपनि सफल नभएको बताएका छन् । मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीमा पुगेका उनले भने, ‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन ।’ उनले आफूहरुले कम्युनिष्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्याएको भएपनि जोगाउन नसकेको बताए । ‘हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो । तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो ,उनले भने।
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् । कार्यक्रममा बोल्दै नवनियुक्त आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुधार कार्यकालको पाथमिकतामा रहेको बताए । उनले भने ‘नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गर्ने मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म कति पनि डगमगाउने छैन् । प्रहरी संगठनमा सुधारको आवश्यकता छ । संगठन सुधारमा मेरा प्रयास रहनेछ । दिन गनेर बस्ने छुट मलाई छैन ।’ कार्यक्रममा उनले प्रहरीका कमजोरी लुकाउन आवश्यक नरहेको बताए । कमजोरी लुकाएर संगठनको सुधार नहुने दाबी गर्दै उनले भने, ‘प्रहरी…
राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रूलिङ गरेको छ।बैठकको सुरूमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरू हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रूलिङ गरेका हुन्।राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरू हुन पुगेको थियो।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । आज बेलुका बस्नेगरी प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । उनले भने, ‘आज बेलुका मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बस्छ । तर, अहिलेसम्म समय तय भइसकेको छैन ।’ प्रधानमन्त्री प्रचण्डले बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले गठबन्धनमा सहमति जुटाउने प्रयास गर्ने जनाइएको छ ।
काठमाडौँ । सत्तारूढ दलबीच भागबन्डाको कुरा नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भागबन्डा मिलाउनै सकस परिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई ६ चैतमा विभिन्न ११ दलले विश्वासको मत दिएका थिए । विश्वासको मत लिने अघिल्लो दिनसम्म प्रचण्डले विश्वासको मत पाएका दुई/तीन दिनभित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्डलाई सबैलाई भागबन्डा पुर्याउन समस्या भएको छ । सरकारलाई विश्वासको मत दिएका प्रमुख एवं ठूला दलले ‘मालदार’ मन्त्रालयमा दाबी गरेपछि ढिलाइ भएको हो । साना दलले समेत भाग खोज्दै…
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले तीन वटा सम्भावित कार्यसूची तय गरेको छ । जसअनुसार शोक प्रस्ताव पारित गर्नेसहित प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक पेश गर्नेछन् ।
काठमाडौं । नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने भएको छ । पार्टी सभापति निवास धुम्वाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निणर्य गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरुले मन्त्रीमण्डलमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले स्म्मानजनक संख्या पाउनुपर्ने बताए । उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका बिषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसंग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने जानकारी दिए । सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । बैठकले…
झापा । सहारा साकोसले २८ औं स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको चैत २१ गते स्थापना दिवसको अवसरमा २१.९ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिए । म्याराथनमा महिला र पुरुष दुवैले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रो हुनेलाई ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार पुरस्कार प्रदान गरिने भण्डारीले जानकारी दिए । उनका अनुसार चौथोदेखि दशौं हुनेलाई जनही ५/५ हजार पुरस्कार प्रदान गरिनेछ । खुल्ला म्याराथन सहाराको केन्द्रीय कार्यलयबाट सुरु भइ ओम चोक, अर्जुनधाराधाम, भाङबारी, रातेखाल, पानीकल, लक्ष्मीपुर…
झापा । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका झापामा रहेका अधिकांश वस्तुगत संघहरुले केन्द्रीय सदस्य उम्मेदवारका रुपमा राजकुमार कार्की (राजु) लाई अघि सारेका छन् । शनिबार बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई समर्थन रहेको जनाएको हो । कार्की महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष हुन् । झापाका पाँचवटा वस्तुगत व्यवसायी संघको साझा समर्थनमा उनले उम्मेदवारी घोषणा गरिसकेका अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । अलैँची महासंघ सँगै नेपाल भेनियर उत्पादक संघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ लगायतका वस्तुगत संघले साझा उम्मेदवारका रुपमा कार्कीलाई खडा गरेको नेपाल…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले समाजभित्र गणतन्त्रको संस्कृति छिर्न नसकेको अनुभव भएको बताएका छन् । शनिबार काठमाडौंमा आँचल कुसुम अधिकारीद्वारा रचित कविता संग्रह मन पग्लिएछ भने बिमोचन गर्दै मन्त्री किराँतीले मुलुकमा शासन गर्ने पात्र फेरिए पनि वास्तविक रुपमा गणतन्त्र समाजको जरासम्म विस्तार गर्न नसकेको अनुभव भएको बताएका हुन् । त्यस्तै उनले देशमा आर्थिक बिकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने भएपनि सपनामा स्वदेशको विउ रोप्न नसके मुलुकको बिकासको सपना साकार हुन नसक्ने बताए । रोजगारको अभावमात्रै विदेशीनुको कारण नभएको भन्दै मन्त्री किराँतीले देशमा स्वदेशी सपना नभएर पनि युवाहरुमा बाहिर जाने इच्छा बढेको देखिएको धारणा राखे । उनले…