काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।
आज बेलुका बस्नेगरी प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । उनले भने, ‘आज बेलुका मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बस्छ । तर, अहिलेसम्म समय तय भइसकेको छैन ।’
प्रधानमन्त्री प्रचण्डले बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले गठबन्धनमा सहमति जुटाउने प्रयास गर्ने जनाइएको छ ।
Facebook Comments Box
