Author: खबरमञ्च

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले सुरत कोर्टको फैसलाविरुद्ध अपील गर्ने भएका छन्। चार वर्ष पुरानो मानहानीको मुद्दामा सुरत कोर्टले गरेको दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसलाविरुद्ध राहुलले सोमबार सुरतको सेशन कोर्टमा पुनरावेदन निवेदन दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुरत कोर्टले गत मार्च २३ मा राहुललाई चार वर्ष पुरानो मानहानीको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनमाथि ‘सबै चोरको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्ति दिएको आरोप छ। राहुलले फैसलाको ११ दिनपछि पुनरावेदन दिन लागेका हुन्। अदालतको फैसलाको भोलिपल्ट २४ मार्चमा उनको सांसद पदसमेत खारेज गरिएको थियो। सांसद…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टंग्याएको छ। आगामी वैशाख १० गते हुने उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको हो । राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Read More

काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीहरुको समस्या स्थायी रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए। उनले मिटरब्याजलाई आर्थिक कसुर मानेर कारबाहीका लागि कानुन संशोधन गर्ने र मिटरब्याज पीडितको समस्या स्थायी रुपमा समाधान गर्ने अधिकारसहित जाँचबुझ आयोग गठन गरिएको बताए । ‘मिटरब्याजको विषयलाई कानुनमा नै आर्थिक कसूर हो भनेर उल्लेख गर्ने र त्यसलाई कारबाही गर्ने भनेर कानुन संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । जाँचबुझ आयोग ऐन अन्तर्गत आयोग गठन गर्ने प्रस्ताव गरिसकेका छौं । आउँदो मन्त्रिपरिषदले निर्णय गर्नेछ’, उनले भने । यसपटक मिटरब्याज पीडितसँग समग्र…

Read More

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या समाधान गर्ने नाममा फेरि अर्को धोकाधडी भएको बताएका छन्। उनले आयोग गठन गर्ने सरकारको तयारीप्रति प्रश्नसमेत उठाएका छन् । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई धोकाधडीको संज्ञा दिएका छन्। ‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’ सांसद गैरेले भने ।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगायतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी छन् । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन नेपालमा नै बनेको हो ?’, उनले भनेकी छन्, ‘कुर्सीमा लागि जुन झगडा हुने गरेको छ । सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?’ सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताएकी छन्। ‘सिंहदरवार, वालुवाटार, शितलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । बारा-२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी छ । यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

Read More

काठमाडौँ। प्रतिनिधि सभा सदस्यमा निर्वाचित मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सिंहदरवारमा आयोजित एक कार्यक्रममा सभामुख देवराज घिमिरेले अनसारीलाई शपथ ग्रहण गराएका हुन्। जनता समाजवादी पार्टीको रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीले शपथ लिएकी हुन्। समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद शहनाज रहमानको मृत्युपछि एक पद रिक्त भएको थियो । रिक्त उक्त ठाउँमा जसपाले बन्दसूचीमा मुस्लिम महिला क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेकी अन्सारीलाई पठाएको हो।

Read More

काठमाडौं। नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो । आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हो– जो पुरुषसँगै खेल्छिन्। उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छन्। खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन्। ‘रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ, तर मैले…

Read More

झापा। झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ। शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ”, उनले भने, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ।” झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उनले बताए। कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेकाले बेलुकासम्म क्षतिको विवरण आउने उनले बताए। कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति पुर्‍याएको छ। असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ। तरकारी…

Read More

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जारी गरेको एउटा सूचना यतिबेला चर्चामा छ। पालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन भन्दै सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका, विद्यालयका कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारीले आफ्ना छोराछोरीहरु अनिवार्यरुपमा…

Read More