काठमाडौँ। प्रतिनिधि सभा सदस्यमा निर्वाचित मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
सिंहदरवारमा आयोजित एक कार्यक्रममा सभामुख देवराज घिमिरेले अनसारीलाई शपथ ग्रहण गराएका हुन्।
जनता समाजवादी पार्टीको रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीले शपथ लिएकी हुन्।
समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद शहनाज रहमानको मृत्युपछि एक पद रिक्त भएको थियो । रिक्त उक्त ठाउँमा जसपाले बन्दसूचीमा मुस्लिम महिला क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेकी अन्सारीलाई पठाएको हो।
Facebook Comments Box
