Author: खबरमञ्च

काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन। उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। त्यसपछिको अवधिमा प्रचार गर्न नपाइने र प्रचारप्रसार गरेको पाइए कारबाही हुने उनले बताए। चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन। आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

Read More

काठमाडौं । स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी भइरहेको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स) लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो । राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । सोमबारमात्रै उनी फलोअपका लागि अस्पताल पुगेर फर्केका थिए ।…

Read More

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भर्त्सना गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले मिटरब्याज पीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग समेत गरे । तराई-मधेसका विभिन्न जिल्लामा हरुवा चरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले आग्रह गरे । उनले सरकारले उनीहरुको माग पूरा नगरे राप्रपा आन्दोलनको अग्रमोर्चामा उभिने चेतावनी दिए । त्यस्तै सांसद प्रेम सुवालले मिटरब्याज पीडितमाथि सोमबार भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खेतीयोग्य जमिन बाटोलाई आधार बनाएर मूल्याङ्कन गरिँदा नागरिकले राजश्वसमेत तिर्न नसक्ने अवस्था आएको भन्दै यसमा सरकारले बिशेष…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारका लागि संवैधानिक परिषद्‍को बैठक आह्वान गरेका छन् । शुक्रबार बिहान ९ बजेको लागि डाकिएको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सोही बैठकमा संवैधानिक परिषद्‍को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।

Read More

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि साना विमान खरिद गर्ने भएको छ । दुई विमानले मात्र उडान भरिरहेको निगमले खरिदको योजना अगाडी सारेको हो । निगमले सोमबार सूचना जारी गर्दै भनेको छ, ‘तीन वटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ ।’ निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य समेत रहेका वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले कामसमेत सुरू गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘आन्तरिकमा ३ साना विमान खरिदको लागि निगमले प्रक्रिया अगाडि बढाएको छ ।’

Read More

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले आइतबार (१६ अप्रिलमा) पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर छ रुपियाँ र डिजेल प्रतिटिलरमा डेढ रुपियाँ मूल्य बढेर आएको हो । निगम प्रवक्ता मनोजकुमार ठाकुरले डिजेल पेट्रोलको मूल्य बढेर आए पनि स्थानीय बजारमा मूल्य वृद्धि नगरि यथावत् राखिने जानकारी दिए । निगमले यसअघि चैत २० मा प्रधानमन्त्रीको निर्देशनमा डिजेल प्रतिलिटरमा १० रुपियाँ र पेट्रोल प्रतिलिटरमा तीन रुपियाँ मूल्य घटाएको थियो ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरूले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि…

Read More

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाइरल ज्वराेकाे चपेटामा परेका छन् । उनले आफू अस्वस्थ भएको जानकारी दिँदै भाइरल ज्वराेबारे खुलाएका छन् । आइतबार दिउँसो फेसबुक स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको जानकारी दिएका हुन् । ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।  कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो । साउदलाई आइतबार प्रधानमन्त्री दाहालले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने जानकारी आएको साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्न लागेको यो सातौँ पटक हो । तर पनि आजको विस्तारले मन्त्रिपरिषद्ले पूर्णता पाउने छैन । कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि सिँचाईमन्त्री बनेका थिए । सभापति देउवाले पाँचौं मन्त्री पनि आफ्नै समूहबाट पठाउन लागेका हुन् । यसअघि उपप्रधानसहित…

Read More

झापा । जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत दुई जना कर्मचारी राष्ट्रपतिबाट विभूषित भएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र नायव सुब्बा यदुनन्दन दाहाल विभूषित भएका हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेललाई सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट विभूषित गरिएको हो । नायव सुब्बा दाहाललाई जनसेवा श्री पंचम श्रेणीबाट विभूषित गरिएको हो । साथमा जिल्ला प्रशासन कार्यालय झापाका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने पनि प्रवल जनसेवाश्री तृतीयले विभूषित गरिएको हो । उनीहरूलाई शुक्रबार आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् ।

Read More

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको शनिबार निधन भएको छ । शनिबार बिहान १ सय वर्षको उमेरमा जोशीको निधन भएकाे हाे । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा शनिबार बिहान जोशीको निधन भएको हो । केही दिनअघि जोशीकोलाई अस्पताल भर्ना गरिएको थियो । उहाँलाई श्वासप्रश्वासकाे समस्या थियो । उहाँका श्रीमान सत्यमोहन जोशीको गत असोज ३० गते १ सय ३ वर्षको उमेरमा निधन भइसकेको छ ।

Read More