काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाइरल ज्वराेकाे चपेटामा परेका छन् ।
उनले आफू अस्वस्थ भएको जानकारी दिँदै भाइरल ज्वराेबारे खुलाएका छन् ।
आइतबार दिउँसो फेसबुक स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको जानकारी दिएका हुन् ।
‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’
Facebook Comments Box
