Author: खबरमञ्च
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा नैतिकता छ भने राजीनामा दिन आग्रह गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद लिङदेनले राजीनामा दबाबले मागिने कुरा नभएको पनि प्रष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीले जे कुरा बोल्नु भएको थियो । प्रतिपक्षमा रहेका सबै राजनीतिक दलले सामुहिकरुपमा त्यसको प्रतिवाद गरेका थियौ त्यसको स्पष्टीकरण माग गर्न चाहेका थियौं त्यतिमात्रै होइन् प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज बाँकी छ भने राजीनामा दिनुपर्छ भनेका थियौं । किन हामीलाई बोल्न दिइएन् ।’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिर्जनात्मक कर्मसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका छन् । सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेको भन्दै सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनु पर्ने बताए । उनले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्ध समाज निमार्णमा मद्दत पुग्दछ । जनताको त्याग र बलिदानबाट निर्मित संविधानले समाजवाद उन्मुख राज्य निमार्णको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारीक एवम् सांस्कृतिक आधार निमार्णमा केन्द्रीत रहनु पर्नेमा…
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाहाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा उभिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख खेपीरहेका मेयर शाहको पक्षमा साम्पाहाङ उभिएका हुन् । सर्वोच्च अदालतमा तारेख खेपिरहेका मेयर बालेनलाई ढाडस दिंदै साम्पाहाङले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २–३ वटा लाइरन्छ मलाई त ! ढोइट… भन्दै अघि बढ्नु पर्छ ! ढोइट…।’ सर्वोच्चमा तारेख खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेनले आइतबार समाजिक सञ्जाल फेसबुकमा लेखिएका छन्, ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्युले…
काठमाडौं । बिनियोजन विधेयक २०८० माथि छलफल गर्नका लागि आज (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि(मंगलबार)का लागि सारिएको हो । राष्ट्रि सभाका अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार सोमबार ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस मंगलबार ११ .१ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जनाएका छन् । सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बिनियोजन विधेयक २०८० अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई ढुक्क भएर घर फर्किन आग्रह गरेका छन् । नयाँ बानेश्वरस्थित मिटरब्याज पीडितको धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कुनै हालतमा मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाए । ‘विधेयक संसद छ, अस्वीकार भएको होइन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ,’ उनले भने, ‘ढुक्कसँग घरमा गएर आयोगको प्रक्रियामा जानुहोला । विधेयक पारित गर्ने काम हामी गर्छौं ।’ अध्यादेश आउनुभन्दा अगाडि नै सरकारले आयोग बनाएको र त्यसले काम गरिरहेकाले भन्दै उनले ढुक्क हुन पीडितलाई आग्रह गरे ।उनले भने ऋण दिनेहरुको रकम समेत ब्याजसहित फिर्ता दिइने बताए । ‘जति ऋण…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई काठमाडौंबाट ललिता निवास मुद्दाको विषयमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। सीआईबीले आइतबारै यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ। बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। हाल सञ्चार मन्त्रालयको सचिव रहेका कृष्णबहादुर राउत ०६६/६७ को समयमा प्रधानमन्त्री निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई जग्गा सट्टाभर्ना दिने गरी भएको निर्णयका बेला भौतिक योजना मन्त्रालयमा शाखा अधिकृत थिए । राउत २०७८ पुस २१ मा…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण नभइ प्रधानमन्त्रीका कारण संसद बन्द भएको आरोप लगाएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भए पनि प्रधानमन्त्रीकै कारण संसद बैठक सरेको बताए । उनले एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्दै प्रधानमन्त्रीको राजीनामा नआए संसद चल्न नसक्ने दाबी गरे । ‘के हुदाँ सहमति जुट्छ ?’ सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘राजीनामा चाहियो ।’ प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्य हेर्न भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाए। यसअघि आइतबार नै सदनको गतिरोध अन्त्य गर्ने विषयमा सिंहदरबारमा शीर्ष दलको बैठकमा…
काठमाडौं । मिटरव्याजविरूद्धको संघर्ष समिति नेपालले कानून पारित गराउन माग गर्दै संघीय संसद भवन घेराउ गरेको छ । संघर्ष समितिमा आवद्धहरुले आइतबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै दवाव दिएका हुन् । उक्त विरोध कार्यक्रममा बोल्दै मिटरव्याजविरूद्धको संघर्ष समिति नेपालका संयोजक मनोजकुमार पासवानले एमालेले गर्दा यस्तो समस्या भोग्नु आरोप लगाए । ‘यो जनताको लागि पक्कै हो भने यो पारित हुनुपर्छ । यो पारित भएन भने हामी बुझ्छौं की एमाले हाम्रो विपक्षमा खडा भएको छ,’ उनले भने । सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो…
काठमाडौं । हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरमा एकपछि अर्को बेथितिका घटना बढ्दै गएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको घटना सेलाउन नपाउँदै फेरि तिनै मन्त्रीले प्रतिस्पर्धा नगराईकन आफ्ना कार्यकर्तालाई पोस्ने गरी करिब डेढ करोड रूपैयाँको काम अमानतमा गराउन लागेका छन्। पशुपति विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराती र कोषका सदस्यसचिव डा. मिलनकुमार थापाको मिलेमतोमा अमानतमा काम गराउन १ करोड ५८ लाख ८४ हजार १ सय ६६ रूपैयाँ बजेट व्यवस्था गर्न लागिएको छ। ‘इमरजेन्सी’मा कुनै काम गर्नुपरे अमानतमा गराउने प्रचलन छ। तर पशुपतिमा मन्त्री किरातीको निर्देशन र…
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाजीपूर्ण कार्य गरेको भन्दै ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्व भने उम्कने खतरा देखिएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने गिरोहमा राजनीतिक नेतृत्व, भूमाफिया र कर्मचारीहरू गरी त्रिपक्षीय मिलेमतो देखिए पनि सीआईबीको दृष्टि भने कर्मचारीमाथि बढी देखिएको छ । सरकारी जग्गा व्यक्तिको नाममा बनाउने किर्ते धन्दा सञ्चालन गर्ने र कर्मचारीतन्त्रलाई बाध्य पार्ने राजनीतिक नेतृत्वमाथि सीआईबीले पक्राउ पुर्जी जारी गर्न सकेको छैन । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा आएपछि त्यससम्बन्धमा छानबिन गर्न गठन भएको शारदाप्रसाद त्रिताल…