Author: खबरमञ्च

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उहाँ नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ । मुख्यमन्त्री गिरीलाई सत्ता टिकाइ राख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, उहाँले बहुमतका लागि आवश्यक भन्दा कम मत पाउनुभएको हो । सोमबारको मतदानमा एक सांसद भने उपस्थित भएका थिएनन् । यसअघि विश्वासको मत नपाएपछि सुदूरपश्चिम र गण्डकीमा पनि एमाले…

Read More

तनहुँ । तनहुँ १ मा २१ हजार २६१ मतगणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले ५३३६ मतको अग्रता लिएका छन् ।  वाग्लेले ११ हजार २२१ मत ल्याएका छन् । यो ५३ प्रतिशत मत हो । तर उनकाे मत प्रतिशत घटेकाे छ । यस अघि ५६ प्रतिशत मतले अग्रता लिएका थिए ।  कांग्रेसका गोविन्द भट्टराईले ५८८५ मत ल्याएका छन् । यो २८ प्रतिशत मत हो । यस अघि उनकाे २५ प्रतिशत थियाे । एमालेका सर्वेन्द्र खनालकाे ३४६८ मत आएको छ । यो १६ प्रतिशत मत हो । यस अघि उनकाे १५ प्रतिशत मात्रै थियाे । अहिलेसम्म १५ वटा वडाको मतगणना सकिएको छ । तनहुँमा ६३ हजार ७५७ मत…

Read More

भरतपुर । चितवन –२ मा मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति जुटेको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो ।  बैठकमा कांग्रेस–एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेबिरुद्ध परेको उजुरीमाथि निर्णय नगरी मतगणनामा नबस्ने अडान लिएको थियो । उनीहरुले रास्वपामाथि मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको आरोप लगाएका थिए ।  

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् । १७ औँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्ने बताएका हुन् । ‘वि.सं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले विज्ञप्तिमा मुलुकमा लोकतन्त्रको स्थापना र…

Read More

काठमाडौं । निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको जनाएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको भन्दै आयोगले प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगकाअनुसार बारा-२ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको जनाएको छ। आयोगका अनुसार बारा-२ मा शिक्षा तालिम केन्द्र कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणना गर्ने तयारी रहेको छ। यस्तै, आयोगले मंगलबारसम्म तीनै क्षेत्रको मत परीणाम आइसक्ने जनाएको छ।

Read More

काठमाडौं । पाँचथरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार बिहान फालेलुङ–८ लुवाफुबाट फिदिम जाँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा फालेलुङ–८ का साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो । घाइते ५ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाइएको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ। भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो। पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मुटुमा जमेको पानीमा संक्रमण फैलिएपछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवारदेखि त्यहाँ उपचाररत रहेका छन् ।

Read More

पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । घटनास्थलमै ज्यान गुमाएकी महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अहिले घाइते १८ जनाको उद्धार भइरहेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ । शनिवार प्रदेश सभामा भएको मतविभाजनमा अधिकारी अल्पमतमा परेपछि एमालेको सरकार ढलेको हाे । सरकारलाई समर्थन गरेको दलमध्ये माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिवार दोहोर्याएर विश्वासको मत लिएका थिए । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवस्यक थियो । उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उनलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २…

Read More

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ । संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल शुरू भए पनि भागबन्डामा समझदारी हुन नसक्दा समिति गठनमा अवरोध आएको हो । संसद्का मुख्य दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीच समिति सभापतिको भागबन्डामा सहमति हुन नसक्दा समिति गठन प्रक्रिया नै अवरुद्ध भएको राप्रपाका महामन्त्री धवलशमशेर राणाले बताउनुभयो । उहाँले भन्नुभयो–‘संसद्मा ठूला भनिएका दलहरूले जहाँ पनि भागबन्डामै अल्मलिएर बर्बाद बनाएका छन् । संसदीय समिति गठनमै अवरुद्ध भएपछि संसद्बाट पास…

Read More