तनहुँ । तनहुँ १ मा २१ हजार २६१ मतगणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले ५३३६ मतको अग्रता लिएका छन् ।
वाग्लेले ११ हजार २२१ मत ल्याएका छन् । यो ५३ प्रतिशत मत हो । तर उनकाे मत प्रतिशत घटेकाे छ । यस अघि ५६ प्रतिशत मतले अग्रता लिएका थिए ।
कांग्रेसका गोविन्द भट्टराईले ५८८५ मत ल्याएका छन् । यो २८ प्रतिशत मत हो । यस अघि उनकाे २५ प्रतिशत थियाे ।
एमालेका सर्वेन्द्र खनालकाे ३४६८ मत आएको छ । यो १६ प्रतिशत मत हो । यस अघि उनकाे १५ प्रतिशत मात्रै थियाे ।
अहिलेसम्म १५ वटा वडाको मतगणना सकिएको छ । तनहुँमा ६३ हजार ७५७ मत खसेको छ । यस अघि कांग्रेसको २५ र एमालेको प्रतिशत मात्रै थियो ।
Facebook Comments Box
