भरतपुर । चितवन –२ मा मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति जुटेको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो ।
बैठकमा कांग्रेस–एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेबिरुद्ध परेको उजुरीमाथि निर्णय नगरी मतगणनामा नबस्ने अडान लिएको थियो ।
उनीहरुले रास्वपामाथि मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको आरोप लगाएका थिए ।
Facebook Comments Box
