Author: खबरमञ्च

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताएका छन् । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताएका हुन् । उनले संसदमा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दवाव दिएर केही नहुने स्पष्ट पारे ।

Read More

झापा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने निश्चित भएको छ । झापाको दमकमा बैशाख २९ गतेदेखि ३१ गतेसम्म हुने भनिएको बैठक काठमाडौंमा हुने भएको एमाले झापाका सचिव दिपक कार्कीले जानकारी दिए । बजेट अधिवेशनका कारण केन्द्रीय कमिटीको बैठक २८–३० पार्टी कार्यालयमा बोलाइएको एमालेका नेताहरूले जनाएका छन् । झापामा बैठक स्थगित भएसँगै जेठ १ को सभा समेत स्थगित गरिएको छ ।

Read More

काठमाडौं। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म बाहिर आएका सबै काण्डको छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए । ‘यो त ट्रेलर मात्र हो, फिल्म आउन बाँकी नै छ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्दै हिड्नु भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्नका निम्ति आतुर छौं, हामी तपाईले फिल्म देखाउनु हुन्छ भनेर टिकट काटेर बसेका छौं । फिल्म देखाउनुस् ।’ उनले भने ‘बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला अभिव्यक्तिलाई लिएर आक्रोशित बनेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर सार्वजिनक भएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति रोष प्रकट गर्दै अध्यक्ष ओलीले दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले शरणार्थी प्रकरणमा छानविन नगर्न भन्दै कस्ले दबाब दियो भन्ने प्रश्न गर्दै यसबारे प्रष्ट पार्न चुनौती दिएका छन् । https://youtu.be/b5pVPn4SF4U ओलीले भने ‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्र्थी बनाएर विदेश पठाउने कुरा सुरुवात गरेकै उनैले हो कि ? कुरा उठाएर छानविन थालेकै उनले हो कि ? भर्खर…

Read More

झापा । झापाको कन्काई नगरपालिका-३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेकबहादुर कार्कीबीच यही बैशाख ८ गते बेलुका घरायसी बिषयमा बादबिबाद हुँदा श्रीमतीले श्रीमानलाई कुटपिट गर्दा घाइते भएका कार्कीलाई उपचारको लागि प्रादेशीक अस्पताल भद्रपुर लगेको र उपचार पश्चात घर ल्याएकोमा बैशाख २४ गते बिहान घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीको मृत्यु भएको सूचना पाएसंगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनिता कार्कीलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको रहेको बताएका छन् । गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्ने भन्दै राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व सञ्चारमाध्यमको भएको बताएका हुन् । नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने उनले बताए । उनले राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार…

Read More

काठमाडाैं । नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भूटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राख्नुभएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग पुर्याउने जानकारी गराउनुभएको उनले बताए । बैठकमा संसदीय दलका नेता ओलीले आजदेखि सुरु भएको बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन् । आज आइतबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् भने यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयमा सरुवा गरेका हुन् । नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु-२ बाट विजयी भएका थिए । राष्ट्रपति पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत भएका थिए । खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका थिए । नवनियुक्त मन्त्री आचार्यको आज दिउँसो साढे १२…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारसम्बन्धी नीतिगत व्यवस्था र कानुन निर्माण गर्दा सञ्चार क्षेत्रको प्रतिनिधित्व र समझदारी कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  ८ औं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना दिँदै उनले उक्त कुरा बताएका हुन्। उनले लोकतन्त्रको स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन्। वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको उनको भनाइ छ। शुभकामना सन्देशमार्फत उनले भनेका छन्, ‘पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्वद्ध सबैमा अपील गर्दछु।’

Read More

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) बाट सुरू हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुनेछ । यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् । आगामी आर्थिक बर्षको बजेट जेठ १५ मा संसदमा पेश गर्नुुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि नै बार्षिक नीति तथा कार्यक्रम पेश हुनेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम…

Read More