काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताएका हुन् ।
उनले संसदमा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दवाव दिएर केही नहुने स्पष्ट पारे ।
Facebook Comments Box
