झापा । झापाको कन्काई नगरपालिका-३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेकबहादुर कार्कीबीच यही बैशाख ८ गते बेलुका घरायसी बिषयमा बादबिबाद हुँदा श्रीमतीले श्रीमानलाई कुटपिट गर्दा घाइते भएका कार्कीलाई उपचारको लागि प्रादेशीक अस्पताल भद्रपुर लगेको र उपचार पश्चात घर ल्याएकोमा बैशाख २४ गते बिहान घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्कीको मृत्यु भएको सूचना पाएसंगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनिता कार्कीलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
