Author: खबरमञ्च
दैलेख । भैँसीकाे जिउले च्यापिएर दैलेखकाे नारायण नगरपालिका–१० का वडासचिवकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यु भएको हाे । गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका फुटपाथमा गमलासहितको फुलले सुन्दर बनाउने काम थालेको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनमा अहिले काठमाडौं सडक चिरिच्याट्ट पारिँदैछ । विभिन्न प्रकारका फूलका गमला सडक किनारमा राखेर सजाउन थालिएको छ । तस्वीरहरूः
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भारतले प्रधानमन्त्री बनाएको भन्ने आशयको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनु पर्ने समेत बताए । उनले भने, ‘प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो । नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको, हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो, कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौं हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौं ।’ सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै उनले आक्रोश पोखे । भ्रष्टाचारको…
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लियो। एमाले सहमतिमा नआएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेन। कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका सांसद प्रधानमन्त्री दाहालको अभिव्यक्ति विवादमा आएपछि उनलाई संसदमा आफ्ना भनाइ राख्न दिनुपर्ने पक्षमा उभिए। यसमा सत्तासीन अन्य दलका सांसदले पनि समर्थन गरे। तर, एमालेले प्रधानमन्त्रीले स्पष्टीकरण दिए पनि सदन अवरुद्ध गर्ने बताएपछि सभामुख घिमिरेले सूचना जारी गरी आइतबार १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरे। त्यस्तै, एमालेको अवरोधका कारण शुक्रबार बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भयो।…
काठमाडौं । पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू बोल्न चाहँदैनन्। ज्यासल पशुपति मन्दिरको उत्तरतिर छ। यही ठाउँमा तीन वर्षअघि जलहरी बनाइएको थियो। जलहरी बनाएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको थियो। अख्तियारको टोलीले जलहरीको नापजाँच गर्दा पनि सिसिटिभी जडान गरिएको थियो। जलहरी बनाएको तीन वर्षपछि सुनका टुक्रा कसरी भेटिए भन्ने प्रश्न उठेको छ। नापजाँचपछि जलहरीमा आधा केजीभन्दा बढी सुन अपुग छ। उक्त विषयमा कोषका पदाधिकारीहरू छानबिनको घेरामा परिरहेका बेला शुक्रबार बिहान ४० तोला…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको सेवा गरेर सत्तामा जाने प्रवृति बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको भू – राजनीति तथा सामरिक चुनौतीहरू विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले देशको स्वाभिमान नै गिरेको बताए । उनले भने, ‘हाम्रो छिमेकीहरुसंग गौरवपूणर् सम्बन्ध थियो । तर अहिले सानो र ठूलो कुरामा पुगेका छौं । देशको प्रधानमन्त्री भएको मान्छेले भित्र के भो के के हुने गरेका छन् थाहा छ तर जो नभन्दा पनि हुने कुरा आममान्छेलाई सुनाएर गौरव गर्ने परिस्थिति निमाणर् भएको छ । प्रितम सिंह जी मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाउनु…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड बिमोचन समारोहमा महामन्त्री थापाले भ्रष्टाचारसँग जोडिएका ठूलो काण्डहरुमाथि भइरहेको छानविनमा आफुहरुको समर्थन रहेको बताए । उनले भने ‘शुसासनको लागि भ्रष्टाचारसँग जोडिएका ठूला ठूला काण्डहरुको सन्दर्भमा एकपछि अर्को गरेर महत्वपूर्ण निर्णयहरु हुँदै गएको छ, ती कुराहरुमा हाम्रो समर्थन छ । यस्ता अरु पनि विषयहरु छन् । पशुपतिको जमिन जोगाउने सन्दर्भमा गरेका कामहरु छायाँमा नपरोस यसमा सरकार अगाडि बढोस् । ’ खप्तड क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेता पनि यसले धेरै नयाँ कलाकारलाई अवसर दिएइको उनको भनाई छ ।…
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीमा गएका महिला कामदारको सुरक्षाका लागि लागि कमिटी गठन गरिएको बताएका छन् । मन्त्रालयबाट भएगरेका काम कारवाहीका सम्बन्धमा जानकारी गराउनको लागि आयोजित बैठकमा मन्त्री भण्डारीले राजदूत नभएको देशमा महिला कामदाहरुको सुरक्षाको लागि नेपालमा नै कमिटी गठन गर्ने बताए । उनले कमिटीको माग अनुसार कानूनी रुपमा अघि बढ्ने पनि प्रष्ट पारे । उनले भने, जुन जुन मुलुकमा हाम्रो राजदूतहरु छन्, त्यो स्थानमा राजदूतले अध्ययन गरेर मात्रै पठाउने र जुन देशमा छैन् त्यो अवस्थामा त्यो देशको कम्पनी कस्तो छ, के कम्पनी हो, कसले हेर्ने भनेको हो भन्ने खालको समस्या आएको छ…
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले आजपनि संसद चल्न नदिने भएको छ । प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने एमालेको अडान छ । एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताए । ‘अहिलेका लागि एमालेको अडान प्रधानमन्त्रीको राजिनामा हो । प्रधानमन्त्रीको राजिनामा नआएसम्म बैठक चल्न सक्दैन । एमालेले अवरुद्ध गर्छ,’ उनले भने । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । एमालेले सोही माग राखेर आजको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।
काठमाडौं । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटकपटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ । एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । एमालेको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभा बैठक अब असार २४ गते आइतबार बस्नेछ ।