काठमाडौं । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटकपटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ ।
एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन् ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
एमालेको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभा बैठक अब असार २४ गते आइतबार बस्नेछ ।
Facebook Comments Box
