Author: खबरमञ्च

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र दिन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सम्पूर्ण प्रक्रिया पूरा गरेका धितोपत्र दलालहरुलाई अनुमतिपत्र दिन अर्थमन्त्रालयमार्फत नेपाल स्कट एक्सचेन्जलाई निर्देशन दिएको हो। यसअघि जेठ २९ गते समितिको बैठक बसेर लाइसेन्स दिन चलखेल भएको भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको थियो। मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँगको छलफलपछि समितिले प्रक्रियासम्मत आवेदन आएकाहरुको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जानकारी दिए। ‘जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक…

Read More

काठमाडौं । नेकपा माओबादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ । यस्तो छ समझदारीपत्र समाजवादी मोर्चा, नेपाल१. प्रस्तावनानेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, धर्मनिरपेक्ष, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीयएवम् विविधतायुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यहो भन्ने मान्यता राख्र्दै, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र,…

Read More

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अमेरिका जाँदैछन्। विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेश सचिव हर्षवर्द्धन श्रृंगलासहित केही वरिष्ठ अधिकारीका साथ अमेरिका प्रस्थान गर्न लागेका मोदी २४ जुनसम्म त्यहाँ रहने छन्। यस क्रममा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिन लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच आगामी शुक्रबार वासिंगटनमा भेटवार्ता हुनेछ। मोदीले बुधबार बिहान संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मञ्चमा योग गराउने कार्यक्रम छ। विदेश सचिव श्रृंगलाले मोदी र बाइडेनबीचको द्विपक्षीय वार्तामा प्रमुख क्षेत्रीय मुद्दाका साथै आतंकवादविरुद्धका उपायका सम्बन्धमा पनि छलफल हुने जानकारी दिए।

Read More

काठमाडौं । सरकारले सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउने आमरण अनशनमा बसेका छन् । उपप्राध्यापक चलाउनेले विश्वविद्यालयस्थित भिसी (उपकुलपति)कार्यालयमा सोमबार साँझ साढे पाँच बजेबाट आमरण अनशन सुरु गरेका हुन् ।  सरकारले नै न्यायको ढोका बन्द गरेपछि आमरण अनशनमा उत्रिनुपरेको उपप्राध्यापक चलाउनेले बताए । ‘सांघातिक हमलामा संलग्नविरुद्धको मुद्दा सरकारले हठात् फिर्ता लियो । राज्यले नै न्यायको ढोका बन्द गर्‍ यो । अनशन बस्नुको मसँग विकल्प रहेन । त्यसो हुँदा म अनिश्चितकालीन अनशन बस्ने निर्णयमा पुगेँ,’ उनले भने ।  अनशनअघि चलाउने धर्ना दिन जिल्ला अदालत काठमाडौं परिसर पुगेका थिए । उनलाई प्रहरीले पक्राउ गरी प्रहरी…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांगस पार्टी फुट्न सक्ने संकेत गरेका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।  नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्दै उनले नेपाली कांग्रेसभित्रको अवस्था अहिलेकै निरन्तरतामा चल्ने हो भने ०५८ सालतिरको अवस्था हुने उनले दाबी गरे । पार्टीगत मतभेद बढ्दै जाँदा ०५८ सालमा नेपाली कांग्रेस विभाजन भएको थियो । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको टकरावका कारण देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा फुटेको कांग्रेस ०६४ सालको संविधानसभा निर्वाचनअघि पुनः…

Read More

काठमाडौँ । चार दलहरुले समाजवादी मोर्चाको घोषणा गरेका छन् । सत्तामा रहेका तीन पार्टी र सत्ताबाहिर रहेको एक पार्टी गरी चार दलहरुले आज समाजवादी मोर्चाको घोषणा गरेका हुन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रम आयोजना गरी सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) , नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । सोमबार भएको घोषणासभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी…

Read More

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् ।  भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको बताएका हुन् ।  नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उनको भनाइ छ…

Read More

काठमाडौँ । सत्ताधारी दलहरू सम्मिलित समाजवादी मोर्चा आज घोषणा हुँदैछ । लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा घोषणा हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।  समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ ।    मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमख आयुक्त प्रेमकुमार राईले जताततै भ्रस्टाचार मौलाएको बताएका छन् । संसदीय समितिमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले जताततै भ्रस्टाचार मौलाएको तर अख्तियारको हात बाँधिएका कारण भ्रस्टाचार नियन्त्रण गर्ने काम प्रभावकारी हुन नसकेको बताए । उनले भने, ‘भष्टाचार रोकथाम गर्ने हो भने प्रधानमन्त्री ठीक ठाउँमा हुनुपर्यो, मन्त्री ठीक ठाउँमा हुनुपर्यो, सचिवलाई ठीक ठाउँमा राख्न सक्नुपर्यो । सबै ठीक ठाउँमा भए मात्र भष्टाचार नियन्त्रण हुन्छ । अहिले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ । भष्टाचार रोक्न सबैभन्दा पहिलो दायित्व राज्य सञ्चालकको हुन्छ ।’ उनले भष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले संभव नभएको बताउँदै सरकार तथा…

Read More

झापा । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । संखुवासभाको पाँचखपन नगरपालिका-५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए । शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका…

Read More