काठमाडौं । नेकपा माओबादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ ।
राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो ।
सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ ।
यस्तो छ समझदारीपत्र
समाजवादी मोर्चा, नेपाल
१. प्रस्तावना
नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, धर्मनिरपेक्ष, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीयएवम् विविधतायुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यहो भन्ने मान्यता राख्र्दै, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनको पक्षमाइतिहासको विभिन्न कालखण्डमा भएकाजनआन्दोलन, जनयुद्ध, मधेसजनविद्रोह, एकीकृत जनक्रान्तितथाआदिवासीजनजाति, खस, थारु, मुस्लिम, महिला, दलित, पिछाडावर्गलगायत उत्पीडित एवम्शोषित जनताले गरेकोत्याग, बलिदान र उत्सर्गको उच्च सम्मान, सहीदहरूप्रतिश्रद्धाञ्जली एवम् घाँइते, बेपत्ता, सहीद परिवार र आम नेपालीजनताप्रतिआभार प्रकट गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुदलीयप्रतिस्पर्धा, आवधिकनिर्वाचन, कानुनी राज्य, मौलिकएवम् मानवअधिकार, शक्ति पृथकीकरण, स्वतन्त्रन्यायपालिका, प्रेस स्वतन्त्रता, धर्मनिरपेक्षता, लोककल्याणकारी राज्य, समावेशीलोकतन्त्रलगायतकालोकतान्त्रिकमूल्यमान्यता र समाजविकासको क्रममाविकसित ज्ञान, विज्ञान र प्रविधि समेतको आधारमासमाजवादीगणतन्त्रात्मक राज्यनिर्माण गर्ने सङ्कल्पगर्दै, जनआन्दोलन, जनयुद्ध, मधेसजनविद्रोहलगायतकाविभिन्न समुदायले गरेकाआन्दोलनबाट विकसित २०६२/६३ सालको जनक्रान्तिकाउपलब्धीस्वरूपप्राप्तसङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागतविकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवम् सामाजिकन्यायसहितकोअग्रगामी रूपान्तरण तथानेपालीविशेषताको समाजवादको लक्ष्यप्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्ने सङ्कल्पगर्दै, मुलुकमाविद्यमान रहेको राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एबम्साँस्कृतिक समस्या र चुनौतिको सामनागर्न तथा राष्ट्रिय राजनीतिमापश्चगामी, यथास्थितिवादी रअग्रगामी राजनीतिकप्रवृत्तिविद्यमान रहेको वर्तमानअवस्थामादेशलाई अग्रगामीनिकास दिनसमाजवादीशक्तिहरूको एकतावद्ध पहलकद्मीआवश्यकता छ भन्ने कुरा हृदयङ्गमगर्दै, संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्तिप्रक्रियाकाबाँकीकामहरूको पूर्णता र सङ्घीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण,विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापनागर्ने उद्देश्यले हामीनिम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरूप्राप्तिकालागिसमाजवादीमोर्चा, नेपाल (Socialist Front Nepal) गठन गर्न सहमतभएका छौँ ।
२. मोर्चाका उद्देश्यतथानीतिगत प्रतिबद्धताहरू
सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिकआर्थिक न्यायसहितको नेपालीविशेषताको समाजवादको स्थापनागर्नु मोर्चाको प्रमुख उद्देश्यहुने छ । त्यस उद्देश्यप्राप्तिकालागिहाम्रा वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरूनिम्नबमोजिम रहेका छन्।
१. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरूपहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने ।
२. नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जातव्यवस्थाजन्यशोषण, उत्पीडन, असमानता र विभेदहरूअन्त्यगर्ने।त्यसकालागिनिरन्तर जनपहल र जनदवाव सृजनागर्ने ।मानवविकास सूचाङ्कमा पछाडि परेकामधेस, कर्णाली र सेती–महाकालीलगायत पिछडीएको क्षेत्र रजनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने ।
३. राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिकरूपले बहिष्करणमा परेकावापारिएकामधेसी, आदिवासीजनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडावर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्नवर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिकन्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने,
४. जनताको नागरिक र राजनीतिकअधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिकअधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने,
५. वित्तीयएकाधिकार तथादलालपुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्ततथासार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक रक्रियाशीलभूमिकाकाआधारमा समाजवादीअर्थ– राजनीतिकव्यवस्थाअवलम्बनगर्ने । प्रगतिशील कर प्रणाली लागू गर्ने । देशको अर्थव्यवस्थामानीतिगततथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिकवितरणको व्यवस्थागर्ने ।
६. आन्तरिक र बाह्यलगानीमैत्रीवातावरण निर्माण गरी देशलाई औद्योगिकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहितफर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलकव्यवसायगर्न प्रोत्साहितगर्ने र उत्पादनकाक्रियाकलाप वृद्धि गरी रोजगारी प्रदानगर्ने । गरिवीउन्मूलन र रोजगार प्रवद्र्धनको क्षेत्रहरूमालगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशीलबनाउने ।
७. वैज्ञानिक भू–उपयोग नीतिलागू गर्दै कृषिक्रान्तिको माध्यमबाट कृषिको औद्योगीकरण, व्यवसायिकरण र आधुनिकीकरण गरी कृषिमानिर्भर श्रमजीवीजनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नतबनाउने,उर्जा, जलश्रोत, बन,उद्योग, वाणिज्य,पर्यटन, सूचनाप्रविधि,भौतिकपूर्वाधार, यातायातलगायतकोक्षेत्रलाई आर्थिक समृद्धिको सम्बाहकको रूपमाविकासगर्ने ।
८. शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकतादिने । सबैकालागि गुणस्तरीय शिक्षा, स्वास्थ्यसेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमापहुँचको प्रत्याभूतिगराउने । शिक्षालाईजनताको पहुँचभित्र राख्न सामुदायिकशिक्षाप्रभावकारी बनाउने । प्रत्येकनागरिकलाई आधारभूत स्वास्थ्य सेवानिःशुल्कउपलब्ध गराउने ।
९. जलवायु परिवर्तन, वातावरणीय प्रदुषण र प्राकृतिकविपत्काकारण उत्पन्ननकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविकविविधता र पर्यावरणको संरक्षण गर्ने,
१०. गुणस्तरीय सेवाप्रवाहकालागि सार्वजनिकप्रशासनचुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनकाा परिपाटी स्थापितगर्ने, समग्रिक योजनातर्जुमागर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमित्तता, प्रशासनिक ढिलासुस्ति, भ्रष्टाचार, कमिशनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने,
११.सङ्घीयताको प्रभावकारी कार्यान्वयनकालागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरूबिचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्वतथा स्रोत साधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यकातर्फबाट प्रदानगरिने सेवा सुविधाहरू जनतामा पु¥याउनप्रदेश तथा स्थानीयतहलाई सक्षमबनाउँदैसङ्घीय समाजवादी प्रणालीलाई समृद्धगर्ने ।
१२. देशको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षागर्न एवमजनताको समृद्धिका लागिसंयुक्त राष्ट्रसङ्घको वडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधारमानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिअबलम्वनगर्ने,
१३. विगतकाविभिन्न कालखण्डमा भएकाआन्दोलनहरूकाकारण विभिन्नदलका नेता÷कार्यकर्ताहरूमाथिलगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाईकालागिआवश्यककानूनी र राजनीतिकपहलगर्ने ।विभिन्न राजनीतिकदलहरूसँग भएका सहमतिर सम्झौताहरू कार्यान्वयनगर्ने ।
१४. समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय, लोकतान्त्रिक र बैज्ञानिक संस्कृति प्रवद्र्धन गर्ने । जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्ने । प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने ।
१५.समाजमाविद्यमानवर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारकाशोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एबम् न्यायमाआधारित सामाजिकव्यवस्थानिर्माण गर्ने ।श्रम–संस्कृतिलाई प्रोत्साहितगर्ने । श्रमजीवीजनताको पहलकद्मीमाआर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरण गर्ने ।
३. सङ्गठनात्मक संरचना
मोर्चाको नीतिगत निर्णय गर्न सदस्यदलहरूको अध्यक्षसहिततोकिएकाप्रतिनिधिहरू रहेको एक संयोजन समितिहुने छ । उक्त समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने छ । समितिले समान उद्देश्य, नीति, कार्यक्रमबोकेकार मोर्चाकाअवधारणालाई समर्थन गर्ने राजनीतिकदलहरूसँग वार्ता गरी यस मोर्चामा सामेलगर्नसक्ने छ । यो मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानीयतहसम्मविस्तार गरिने छ ।
४. सचिवालय
मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिककार्य सञ्चालनगर्न एक सचिवालयहुने छ, जसमा सदस्य दलहरूबाट तोकिएबमोजिमकाप्रतिनिधिहरू रहने छन्।
५. सदस्यता र घटक दलहरूको स्वायत्तता
यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन्। मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ । यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्यविपरीत हुने गरी आफनो गतिविधि गर्ने छैनन्। तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र
हुने छन्।
६. मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया
र्मोर्चाको नेतृत्वशिर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूपहुने छ । यस मोर्चाका सदस्यहरूले साझानीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने छन्।
७. नीति तथा कार्यक्रम
मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने छ र समयसापेक्ष परिमार्जन गर्ने छ । मोर्चाले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तक्र्रिया, आमसभा तथा आवश्यकतानुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने छन्।
पुष्पकमलदाहाल ‘प्रचण्ड’ माधवकुमार नेपालउपेन्द्र यादव नेत्रविक्रमचन्द‘विप्लव’ अध्यक्ष अध्यक्ष अध्यक्षमहासचिव
नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (एकीकृत समाजवादी) नेपाल
