Author: खबरमञ्च
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले इमान्दार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको दाबी गरेका छन् । बजेट निर्माणका क्रममा विचौलिया छिराएको आरोपबारे सदनलाई मंगलबार जवाफ दिने क्रममा उनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमा काम गरेको तर एउटा संचार माध्यमले लेख्ने साथ सत्य ठानेर आफूमाथि प्रहार भएको जिकिर गरे । उनले भने, ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदा खेरी प्रश्न माथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटक पटक दोहोर्याउछ र त्यसैलाई हामी सत्य ठान्छौं । त्यसको यथार्थलाई बुझ्न चाहाँदैनौं । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनै पनि प्रभावबाट मैले काम गरेको…
काठमाडौं । नेकपा एमालेले बजेट निर्माणका क्रममा विचौलियालाई भित्र्याएर मध्यरातमा करका दर परिवर्तन गरिएको आरोप लगाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले मंगलबार प्रतिनीधि सभामा बजेट निर्माणको न्यूनतम मान्यता समेत उलंघन गर्दै विचौलियाको चाहाना बमोजिम करका दर परिर्वतन गरिएको आरोप लगाएका हुन् । उनले भने, ‘बजेट भाषणको अघिल्लो दिन मध्य रातमा विचौलीयाहरु लगेर करको दर तलमाथि गर्ने काम भएको छ । जब बजेट बन्छ त्यसको निस्चित ठाउँमा बस्ने प्रवाधान हुन्छ। तर त्यहाँ मन्त्रीको स्वकीय सचिवदेखि लिएर सबै खाले मान्छेहरु भित्र बाहिर भएको हुन्छ । सबैले भित्रबाट फोन गरिरहेका हुन्छन् । त्यँहा कुनै सुचना कुनै गोपनीयता कायम गरेको हुँदैन् ।’…
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बिहान माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवो सहित बसेको बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्रीकुमार काफ्लेले बताए । काफ्लेकै घरमा बैठक बसेको थियो । बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क…
काठमाडौं । मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयकाले जनाएको छ । राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त विरुद्ध सरकारी वकिल पक्षको बहस आज(मंगलवार) सकिँदैछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायधिवक्ता अच्युतमणि नेउपानेको नेतृत्वमा पक्राउ अभियुक्त विरुद्ध सात सरकारी वकिल बहसमा उत्रिएका छन् । उनीहरु विरुद्ध सरकारी वकिल पक्षको बहस आइतवारदेखि जिल्ला अदालत काठमाडौंमा जारी छ । बहसमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनि र प्रकाश घिमिरे सहभागि छन् ।जिल्ला अदालत काठमाडौंका अनुसार सरकारी वकिल पक्षको बहस सकिन साथ प्रतिवादीको पक्षबाट बहस सुरु हुनेछ । बहस अदालतका न्यायधिश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पुपक्षर्का लागि जेल…
काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएलगत्तै कोशी प्रदेश सरकार संकटमा पर्ने भएको छ । कोशीमा एमाले नेतृत्वको सरकार छ । माओवादी सोमवार नै प्रदेश सरकारबाट बाहिरिएको छ । सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । सोही बिषय टुंगो लगाउन केन्द्रको प्रदेशस्थित संसदीय दलको बैठक मंगलवार ११ बजे डाकिएको छ । बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता हुनेछ । त्यस लगतै एमाले नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । कोशीमा अहिले एमाले नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन् । माओवादीले समर्थनफिर्ता लिएपछि उनको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मात्रै सहभागि हुनेछ । जुन बहुमतका लागि पर्याप्त छैन । ९३ सदस्यीय प्रदेश…
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ । करिब साढे ३ लाखको हाराहारीमा रहेका बालविकास, पूर्वप्रावि, आधारभूत र माध्यमिक तहका शिक्षक, ११ वटा विश्वविद्यालयमा कार्यरत १ हजार ४ सय ४० र करारका समेत गरी १० हजार ८ सय १० प्राज्ञिक तहका शिक्षक र कर्मचारीका साथै मन्त्रालयका १ हजार ५४ कर्मचारीसहितको तलबवापत बजेटको १ खर्ब ४७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । तथ्याङ्कअनुसार विद्यालयका कर्मचारीका लागि ९ अर्ब रुपियाँ, उच्च शिक्षा तहका कर्मचारीका लागि १८ अर्ब र पेन्सन, निवृत्त सुविधा र उपदान शीर्षकमा १९ अर्ब रुपियाँ खर्च हुने भएको…
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा स्वार्थ समूहको संलग्नताबारे प्रश्न उठाएका छन् । इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खतिवडाले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको आग्रह पूर्वाग्रहले काम गरेको भन्ने कुरा आएको भन्दै त्यो असत्य होस भन्ने कामना गरे । ‘बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको आग्रह पूर्वाग्रहमा त्यस्तो नगर्नुपर्ने हो’, उनले भने, ‘बजेटमा मुसो पस्यो भनेर बाहिर आएका कुरा सत्य नहोउन् ।’ सुन्दा राम्रो भए पनि आर्थिक ऐनको पाना पल्टाउँदै जाँदा यसको असर देखिने उनको भनाइ छ । बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन। पहिलेको तुलनामा आकार घटे पनि…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भारत भ्रमणमा फितलो प्रदर्शन गरेको आरोप लगाएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकमा उनले मन्त्रीहरुलाई छेउमा नराखेर परिवारको सदस्यलाई पिए बनाएर राखेको भन्दै शीर ठडिने गरी गौरबपूर्ण ढङग्ले प्रस्तुत हुन नसकेको टिप्पणी गरे । उनले भने, ‘भारत गएर फितलो प्रदर्शन गर्नुभयो नेपालको शीर ठडिने गरी गौरबपूर्ण ढङग्ले प्रधानमन्त्री प्रस्तुत हुन सक्नु भएन । नेपालको मर्यादा र तरिकाहरु पनि मिलेन परराष्ट्र मन्त्री कता थाहा छैन् । छोरीलाई छेउमा पिए राख्नुभएको छ । परराष्ट्र मन्त्री छैन् । परराष्ट्र सचिव छेउमा देखिदैन् । चिफ अफ प्रोटोकल छैन् । परिवारको सदस्य राख्नु…
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले लिपुलेक, लिम्पियाधुराको जग्गाको सट्टापट्टा गर्ने सन्दर्भमा भारत भ्रमणमा कुनै कुरा नभएको स्पष्टिकरण दिएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद महेश बर्तौलाले भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर उठाएको प्रश्नको जवाफ दिर्दै उनले लिपुलेक, लिम्पियाधुराको जग्गाको सट्टामा अर्को केही विकल्पबारे कुरा नभएको बताएका हुन् । उनले सीमा समस्या सदाको लागि समाधान गर्ने कुरा भएको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री सँग वान टु वान भनेर कति पटक मात्र सट्टापट्टाको कुरा भयो कि भन्नुभयो । प्रधानमन्त्री सँग वान टु वान भनेर औपचारिक रुपमा एक पटक मात्र भएको हो । लिपुलेक, लिम्पियाधुराको जग्गाको सट्टा…