काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले लिपुलेक, लिम्पियाधुराको जग्गाको सट्टापट्टा गर्ने सन्दर्भमा भारत भ्रमणमा कुनै कुरा नभएको स्पष्टिकरण दिएका छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद महेश बर्तौलाले भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर उठाएको प्रश्नको जवाफ दिर्दै उनले लिपुलेक, लिम्पियाधुराको जग्गाको सट्टामा अर्को केही विकल्पबारे कुरा नभएको बताएका हुन् । उनले सीमा समस्या सदाको लागि समाधान गर्ने कुरा भएको दाबी गरे ।
उनले भने, ‘प्रधानमन्त्री सँग वान टु वान भनेर कति पटक मात्र सट्टापट्टाको कुरा भयो कि भन्नुभयो । प्रधानमन्त्री सँग वान टु वान भनेर औपचारिक रुपमा एक पटक मात्र भएको हो । लिपुलेक, लिम्पियाधुराको जग्गाको सट्टा अर्को सन्दर्भ उठेको पनि होइन यो । समस्या सदाको लागि समाधान गर्नुपर्छ नत्र सँधै यही कुरा आएर सम्बन्ध राम्रो नहुने भन्ने कुरा भएको हो । मैले कुनै किल्पको कुरा गरेको छैन् ।’
सट्टापट्टाको सन्दर्भमा नेपालमा विभिन्न विज्ञहरुले अध्ययन गरेको विषय भएको आफूले सिमा समाधानका लागि खुला रुपमा प्रस्तुत हुन सकिन्छ भनेको उनको भनाइ छ ।
