Author: खबरमञ्च
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । आइतवार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर शाहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशा निर्देशहरू पूरा गर्नुपर्ने हुन्छ । वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो । यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।
काठमाडौं । संघीय राजधानि जोड्ने महत्वपूर्ण सडक मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्डमा गएराति पुनःपहिरो गएसंगै सडक अवरुद्ध भएको छ । शुक्रबार गएको पहिरोको कारण निकै लामो समय लगाएर सुचारु गरिएको उक्त सडक चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी रुपमा अवरुद्ध बनेको हो । शुक्रबार पहिरोका कारण २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर,गएराती ११ बजेतिर तीन नम्बर पुल नजिक खसेको पहिरोले आज सडक दुइतर्फी अवरुद्ध भएको हो । पहिरो हटाउन आवश्यक उपकरण सहित तयारी अवस्था रहेको तथा सडक खुलाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले…
काठमाडौँ । श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान रद्द गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान रद्द गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । भोलि सोमवारदेखि सबै उडान सञ्चालन गरिनेछन् । शनिवार मात्रै काठमाडौँबाट धनगढीका लागि ३ः ३० बजे उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फिर्ता ल्याईएको थियो ।
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो। संगठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सिआइबीले पक्राउ परेका र पक्राउ पर्न बाँकी सबैलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ। ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई संगठित अपराध ऐनअन्तर्गत अनुसन्धानमा संगठित अपराध गरेको ठहर हुने भए किर्तेबाहेकको अर्को मुद्दा पनि लाग्नेछ । प्रहरीले शुक्रबार मीनबहादुर गुरुङ, गोपाल कार्की र धर्मप्रसाद गौतमको बयान सुरु गरेपछि प्रहरीको ध्यान संगठित…
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको उपाध्यक्षमा झापाली पत्रकार सृजना घिमिरे निर्विरोध निर्वाचित भएकी छन् । शनिवार सम्पन्न समाजको अधिवेशनबाट पत्रकार घिमिरे निर्विरोध निर्वाचित भएकी हुन् । उनी विगत करिब १२ बर्षदेखि पत्रकारितामा क्रियाशील छिन् । हाल उनी ग्यालेक्सी फोर के टेलिभिजनमा आबद्ध छिन् ।
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८औं अधिवेशनमा ६३ मत ल्याएर अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए । खड्काले ४४ र सापकोटाले २७ मत ल्याइन् ।अध्यक्षमा निर्वाचित सत्याल सेतोपाटीमा कार्यरत छन् । महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए । महासचिव महरा भने कान्तिपुर दैनिकमा कार्यरत छन् ।यस्तै उपाध्यक्षद्धयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका भएका थिए भने कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए । सचिवद्धयमा सविता शर्मा (समावेशी) र गुञ्जनराज गिरी निर्वाचित भए । केन्द्रीय कार्यसमिति सदस्यहरुमा राजु…
काठमाडौं । भारत महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजी बसमा आगलागी हँदा २५ जनाको जलेर मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान महाराष्ट्रको बुलढाणा स्थित समृद्धि एक्सप्रेस–वे मा भएको हो । बसमा सवार ३३ यात्रु मध्ये २५ जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया -पीटीआईले लेखेको छ । बस नागपुरबाट पुणेतर्फ आइरहेको बेला टायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गइ एक खम्बामा ठोकिएको थियो । त्यसपछि पुनः डिभाइडरमा ठोकिन पुग्दा डिजेल ट्याङ्की फुटेर बसमा आगो लागेको बुलढाणा प्रहरीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । दुर्घटनामा घाईते यात्रुको बुलढाणा सिभिल अस्पतालमा उपचारका भइरहेको छ । बसमा सवार केही यात्रुले भने बसको…
काठमाडौं । सभामुख देवराज घिमिरेले सदन, सरकार, सांसद र राजनीतिक दललाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङलाई गहन र विश्लेषणात्मक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदीय पत्रकारिताको ठूलो महत्व रहेको चर्चा गरे । उनले सरकारका गतिविधिलाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङ गहन र विश्लेषणात्मक हुन आवश्यक भएको बताए । उनले भने, ‘संसदलाई गरिमायुक्त बनाउन, संसद र राष्ट्रपतिलाई जिम्मेवार बनाउन, सांसदहरुका गतिविधिलाई प्रभवकारी बनाउन र संसदले गरेको ठीक कामको प्रचार र प्रोत्साहनका गर्न, गलत कामलाई सच्चाएर सदनप्रति निरासा र टिप्पणी भन्दा पनि आशा र भरोसको विकास गर्नका…
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकालमा आफ्नो पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा सत्ताच्युत हुन पुगेको एमाले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि फेरि केन्द्रदेखि प्रदेश सरकारको हिस्सेदार बन्न पुगेको थियो। प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले अवैध ठहर गरेपछि नेपाली कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेपछि एमाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिएको थियो। गत मंसिरमा भएको निर्वाचनपछि केन्द्रीय सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने कांग्रेस र माओवादी केन्द्रभित्रको विवादमा खेल्दै एमाले पुनः सत्तामा पुगेको थियो। कांग्रेससँगको सत्ता साझेदारीबाट माओवादी केन्द्रलाई अलग गराउँदै एमाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भयो। माओवादी केन्द्रका…
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको हो । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् ।