Author: खबरमञ्च

काठमाडौं । सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ । नेतृत्वविहीन सात दूतावासमध्ये छ वटा दूतावासका लागि राजदूत सिफारिस गर्दै सरकारले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको हो । मन्त्रिपरिषद्को बैठकले मन्त्रालयले सिफारिस गरेका छ नामलाई अनुमोदन छ । जसमा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको नियोगमा आवासीय प्रतिनिधिमा सहसचिव लोकबहादुर थापा, संयुक्त अरब इमिरेट्समा सहसचिव तेजबहादुर क्षेत्री, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका लागि रामप्रसाद सुवेदी, मन्त्रालयको क्षेत्रीय संगठन विभाग प्रमुख धनबहादुर ओली थाइल्यान्डका लागि सिफारिस भएका छन् । शिष्टाचार विभाग प्रमुख सुधीर भट्टराई फ्रान्स र घनश्याम लम्साल कुबेतका लागि राजदूत सिफारिस भएका छन् ।…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) १ बजे बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्ने सरकारी तयारी छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण यसघि उक्त विधेयक संसदमा पेस हुन सकेको थिएन । आज बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा पेस गर्न प्रस्ताव प्रस्तुत गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । मन्त्री गुरुङले सरकारका तर्फबाट केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्न अनुमति…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठकमा सहभागी हुन आज दिउँसो साढे १ बजे थाइल्यान्ड जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन मन्त्री साउद थाइल्यान्ड जान लागेको उनको सचिवालयले जनाएको छ । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठक जुलाई १७ मा बैंककमा हुँदैछ । साउद मंगलबार दिउँसो स्वदेश फर्कने उनको सचिवालयद्वारा जारी कार्यतालिकामा उल्लेख गरिएको छ । बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन् । ओली साउन २ गतेदेखि ६ गतेसम्मका लागि कम्बोडिया जान लागेका हुन्। निर्वाचन पर्यवेक्षणको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार शनिबार ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले उनको भ्रमण पारित गरेको हो।

Read More

काठमाडौं । हाल देशमा मानसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार तुलनात्मक रूपमा आगामी सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ। ‘सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ। आइतबार दिउँसो भने विगतका तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ,’ उनले भने। आइतबार दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र…

Read More

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन् । शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए । तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने उनले बताए । तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको दावी गरे । गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउदै उनले सरकार…

Read More

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् । नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका शीर्ष नेतासँग भेटघाट गर्दै एमसीसी परियोजना कार्यान्वयन हुँदै गइरहेको प्रति खुसी व्यक्त गरेका छन् । दक्षिण र मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लुले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतकासँग शिष्टाचार भेटघाट गर्दैै एमसीसी सम्झौताबारे चर्चा गरेका हुन् । च्यासल, ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा लुले…

Read More

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका लागि गरेका कार्यहरुका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले लम्पी स्किन रोग रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यस बिषयमा सदनमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । लम्पी स्किनको बारेमा सदनमा पटक पटक आवाज उठेको अवस्थामा यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले रोग रोकथामका लागि गरेका कामकारवाहीका बारेमा जानकारी गराउन सम्बन्धीत मन्त्रीहरुलाई उनले निर्देशन दिए । त्यसअघि बैठकमा सांसदहरुले लम्पी स्किनले महामारीको रुप लिएर धेरै क्षति हुदा पनि सरकार गम्भीर नभएको बताएका थिए । बैठकको सुरुमै एमालेका…

Read More

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।  एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् । 

Read More

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् । बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन्…

Read More