काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन् ।
शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए । तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने उनले बताए ।
तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको दावी गरे । गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउदै उनले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा इमानदार रहेकाले दोषी कारवाहीको दायरामा आउने तर्क गरे ।
