काठमाडौं । हाल देशमा मानसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार तुलनात्मक रूपमा आगामी सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ।
‘सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ। आइतबार दिउँसो भने विगतका तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ,’ उनले भने।
आइतबार दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
Facebook Comments Box
