Author: खबरमञ्च
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालको संसदीय दलको बैठक लम्बिएसंगै ढिला गरी सुरु भएको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नसक्ने अनुमान धेरैले गरेका थिए । अन्त्यमा भयो पनि त्यस्तै । झण्डै डेढ घण्टा चलेको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरि १५ गतेसम्मका लागि स्थगित भयो । स्थगित हुनुको कारण थियो – सय किलो सुनको तस्करी प्रकरण । गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक सय किलो सुन प्रकरणको विषयले बुधबार संसद बैठकको माहोल तातियो । के सत्ता पक्ष के प्रतिपक्ष बैठकमा बोल्ने अधिकांश सांसदहरूले सुन तस्करीको विषयमा सरकारको जवाफ माग्दै जरैसम्म पुगेर अनुसन्धान हुनुपर्ने माग…
काठमाडौं । गृहमन्त्रालयले निलम्बित प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले केसीलाई मंगलबार बर्खास्त गरेको हो । प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट डिएसपी केसीले गम्भीर रुपमा आचरण उल्लंघन गर्दै प्रहरी ऐन विपरीतको कार्यमा संलग्न रहेको देखिएको भन्दै एक महिनाअगाडि उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा काजमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना बाहीरिएको थियो । बुटवल स्थित टेलीकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले…
काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन नगर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज(बुधबार) कांग्रेसले निणर्य सुनाउँदै छ । पार्टीले लिने निणर्यका विषयमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा कांग्रेसले खाँणलाई निलम्बन नगर्ने निष्कर्ष निकालेको हो । त्यसप्रति महामन्त्री गगनकुमार थापाले असन्तुष्टि जनाएका छन् । थापाले त्यसमा आफ्नो फरकमत रहने जनाउँदै पार्टीका कुनै सदस्यले फरकमत लेख्न चाहे दिनुपर्ने प्रस्ताव गरेका छन् । त्यस विषयमा कांग्रेस पदाधिकारी बैठक सहमतिमा पुगिसकेको छैन । दिउँसो ४ बजेका लागि केन्द्रीय कार्यालयमा बोलाइएको बैठकमा त्यसअघि सभापति शेरबहादुर…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले बुधबार बिहानै देखि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको जनाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । बुधबार दिउँसो देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण विभागको छ । भरे राति देशभरको मौसम…
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको हो । बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) अनुसार सदन समक्ष पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने पनि कार्यसूची रहेको सचिवालयले जनाएको…
काठमाडौं । निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने २४३५ जना उम्मेदवारलाई कारबाही गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी २४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।गत वैशाख ४ गतेको निणर्यअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइए पनि त्यसलाई अटेर गर्दै तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेलाई जरिवानाको निणर्य गरिएको आयोगले जनाएको छ। आयोगले नेपाली नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा, विजय गच्छदार, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, एमाले नेता राजन भट्टराई, पूर्वमुख्यमन्त्री शेरधन राई, माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री महेन्द्रराय यादवलगायतलाई…
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको बताएका छन् । भीमसेन थापाको २४९ औं जन्मजयन्तीको अवसरमा आयोजित सम्मान एवं पुरस्कार समर्पण समारोहमा उनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको भन्दै अर्थतन्त्र बलियो भयो भने कुनै देशले पनि हेप्न नसक्ने बताए। उनले देश विकासको लागि देशको प्रतिभाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने र पलायन भइसकेकाहरुलाई पनि फर्काउनु पर्ने बताए । देशको अर्थतन्त्र बलियो बनाउने र प्रतिभा भएकाहरुलाई देशमा राख्ने वातावरण बनाउने कानून आवश्यक भएको उनको भनाइ छ ।
काठमाडौं । ‘पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । बिपी, गणेशमान, किसुनजीलगायतको पनि विचार समूह थियो । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने कुरा महत्वपूर्ण हो । तर पार्टीमा भावनात्मक एकता कमजोर बनेको छ ।’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय समितिमा व्यक्त गरेको धारणा हो यो । खड्का मात्र होइन साउन २ गते देखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने सबै नेताहरूले पार्टीमा गुटबन्दी मौलाएको र भावनात्मक एकता कमजोर भएको औल्याएका छन् । त्यतिमात्र होइन पार्टीभित्र बृहत एकतासहित २१औं सताब्दीको चुनौतीलाई सामना गर्न सक्ने कांग्रेस बनाउनु पर्ने सदस्यहरूको मत छ । पार्टीको गुट उपगुटमा विभाजीत कांग्रेसमा…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरे । कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न आग्रह गरेका हुन् । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गरेको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने ति चिजहरूको निरीक्षण गर्ने काम…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गट्रेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सम्बोधन पश्चात प्रधानमन्त्री दाहाल र महासचिव गट्रेसबीच भेटवार्ता भएको हो । भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे उनीहरुबीच छलफल भएको थियो ।