काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको बताएका छन् ।
भीमसेन थापाको २४९ औं जन्मजयन्तीको अवसरमा आयोजित सम्मान एवं पुरस्कार समर्पण समारोहमा उनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको भन्दै अर्थतन्त्र बलियो भयो भने कुनै देशले पनि हेप्न नसक्ने बताए।
उनले देश विकासको लागि देशको प्रतिभाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने र पलायन भइसकेकाहरुलाई पनि फर्काउनु पर्ने बताए ।
देशको अर्थतन्त्र बलियो बनाउने र प्रतिभा भएकाहरुलाई देशमा राख्ने वातावरण बनाउने कानून आवश्यक भएको उनको भनाइ छ ।
Facebook Comments Box
