Author: खबरमञ्च

काठमाडौं । प्रतिनिधि सभाको प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिअन्तगर्तको संसदीय उपसमितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको छ । उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न सरकारले ल्याएको विधेयकमा सहमति जुटाएको हो । चार वटा विषय थप छलफलबाट टुंगोमा पुर्‍याउनुपर्ने भनि विषय किटान गरिएको छ । थप छलफलबाट टुंगोमा पुर्‍याउनु पर्ने भनी किटान गरिएका विषयमा पहिलो नम्बरमा मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषाको विषय छ । दोस्रोमा ‘सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी संवोधन गर्ने भन्ने विषय’ छ । तेस्रोमा ‘मानव अधिकारको उल्लङ्घनमा घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र…

Read More

झापा । झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० खयरडागीबाट झापाको मेचीनगर नगरपालिका-१५ का २६ बर्षीय कैलाश थेबेलाई १ ग्राम ५ सय मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित शुक्रबार साँझ पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ का २० बर्षीय उमेश गुप्तालाई ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगर चकरघट्टीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ सयपत्री…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देश अप्पठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै सरकारलाई बाटो खाली गर्न आग्रह गरेका छन् । कोइरालाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सच्चिनुपर्ने आवश्यकता औंल्याए । उनले देशमा जताततै अराजकता रहेको र अहिलेको परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गर्दैै बाटो खुला गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । उनले भने, ‘कतै पनि कुनै पनि तरिकाले देश अगाडि बढेको छैन् । त्यसकारण यो सरकार सच्चिनु पर्यो, सच्चिन सक्दैनौँ भने छोड्न पर्यो । अरु विकल्प छैन् ।’ उनले प्रधानमन्त्रीले आगामी २०८४ को चुनावमा माओवादीलाई जिताए जातिय राज्य दिन्छु भनेको प्रसंग…

Read More

काठमाडौं । सरकारले उपत्यका र उपत्यका बाहिर गरी आइतबारबाट ४२ जिल्लामा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । उपत्यकामा रहेका आठ बिक्री केन्द्र,तीन वटा घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । यस्तै, उपत्यका बाहिर पनि सरकारले ४८ स्थानमा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्न लागेको छ । उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२…

Read More

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिएपछि कार्कीले विश्वासको मत पाउन सकेका थिएनन । जसका कारण उनी बाहिरिनु परेको थियो । त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई–दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो । उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको…

Read More

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका हुन् । उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टिकाटिप्पणी गर्ने मौका दिन नहुने बताए । पार्टीभित्रको प्रतिष्पर्धामा पनि जित्नका लागि बिभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए । ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिन…

Read More

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिवार असोज २० गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको उनले बताए । उनले विश्वसको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताए । कार्कीले विश्वासका मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राइले…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ? भनि प्रश्न समेत गरे । अध्यक्ष लिङ्देनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनी दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे । उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे । अध्यक्ष लिङदेनले भने, ‘कही साथीहरुले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् ।…

Read More

काठमाडौं । क्रिकेटर दिपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको हो । चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै ऐरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा विशेष बढुवा प्रदान गरिएको हो । आयोजित कार्यक्रममा विशेष बढुवा प्रदान गर्नुका साथै कुशल भुर्तेल, सागर ढकाल र करण के.सी. लाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मान गरिएको छ । गत असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो ।

Read More

काठमाडौं । नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो । सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ। नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले…

Read More