काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यसअघि सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिएपछि कार्कीले विश्वासको मत पाउन सकेका थिएनन । जसका कारण उनी बाहिरिनु परेको थियो ।
त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई–दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो ।
उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर एमालेसँग उपसभामुखको बाहेक जम्मा ३९ मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नुपर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् ।
