Author: खबरमञ्च

भद्रपुर (झापा)- यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए ।भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।“हामीले छोटो समयमा…

Read More

काठमाडौँ- नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीसहितले इलामको माङसेबुङ र फाकफोकथुम नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको दूतावासले जनाएको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाम पुगी उनले प्रभावित परिवारलाई सामग्री हस्तान्तरण गरेका हुन् । गत असोज १७ र १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको थियो ।इलामका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका कार्यक्रममा राजदूत हाशमीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहयोगलाई बढाउन जोड दिएका थिए।यसअघि, राजदूत हशमीले कोशी…

Read More

काठमाडौँ- डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ । विद्युत् महशुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार आजबार बिहानबाट यी उद्योगहरुको विद्युत् लाइन काटिएको हो । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालिन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रङ्कलाइनको महशुल बक्यौताबारे अध्ययन भइ २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश भएको थियो । त्यसपछि प्राधिकरणले…

Read More

भद्रपुर (झापा)- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो । अन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए। उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा रु ८७ करोड १० लाख २८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजस्व सङ्कलन भयो ।” आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७…

Read More

झापा- भारतीय अभिनेता असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । असरानीका निजी सचिव बाबूभाईले निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार असरानी पछिल्लो चार दिनदेखि स्वास्थ्य सम्बन्धी समस्याका कारण मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचाररत थिए । सोमबार दिउँसो ३.१५ देखि ३.४५ बजेको बीचमा उनको निधन भएको हो । मुम्बईको सान्ताक्रूज़ इलाकाको शास्त्री नगरस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ । उनको पूरा नाम गोवर्धन असरानी थियो । उनको जन्म १९४१ मा जयपुरमा भएको थियो ।

Read More

फुङ्लिङ- ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए। फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेका छन् । दसैँ परिवारसहित बगानमै मनाएका उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरेका छन् ।“चालीस वर्षदेखि…

Read More

बनियानी (झापा)- इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले रु १० लाख बराबरको सहयोग प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा आज एक सङ्क्षिप्त कार्यक्रमबीच सङ्घले फर्निचर र नगद रकम प्रदान गरेको हो । सङ्घका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार सहयोग हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष धनबहादुर पन्धाकले…

Read More

झापा- आज (यमपञ्चक) तिहारको तेस्रो दिन अर्थात कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने…

Read More

काठमाडौँ- गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का कारण उत्पन्न असहजताबाट काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको छ । आन्दोलनको केही समय वर्दी र जुत्ताविहीन अवस्थामै चप्पल लगाएर सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरू अहिले पूर्ण तयारीका साथ सेवामा फर्किएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार उपत्यकामा नियमित ट्राफिक चेकिङ र नियम उल्लंघन गर्नेलाई जरिवाना तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ । मापसे चेकिङ व्यापक, ६०-७० ठाउँमा चेकपोस्ट चाडपर्वको समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा हुन सक्ने दुर्घटना जोखिम कम गर्न उपत्यकाभर ६० देखि ७० ठाउँमा मापसे…

Read More

काठमाडौँ- तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा…

Read More