Author: खबरमञ्च

काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो  ।  आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार दिउँसो २ बजेबाट उक्त एकता सभाको औपचारिक कार्यक्रम सुरु हुनेछ  ।  राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय २१ दिन भित्र खाली गर्ने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले राप्रपाको भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको र भवनको नक्सा पास पनि नरहेको उल्लेख गर्दै हटाउन भनेको थियो । महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको थियो । महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरेका थिए । यसैबीच राप्रपाले एक विज्ञप्ति जारी गर्दै महानगरको सूचना बमोजिम २१ दिन भित्र भवन खाली गर्ने जानकारी महानगरलाई दिएको छ । यस्को जानकारी राप्रपाले जिल्ला प्रशासन…

Read More

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताएका छन् । अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरुलाई आग्रह गरे । उनले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरुको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरुले पनि सबै नेताहरुलाई बिग्रिएको भन्नु उस्तै हुने बताए । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै सो कुरा बताएका हुन् । उनले स्रष्टाहरुलाई…

Read More

झापा । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय डम्मरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ । क्वार्टरमै एक महिलासँग मदिराको नसामा मस्त रहेर अनैतिक गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रायले सोमबार यस्तो निर्देशन दिएको हो । मन्त्री अमनलाल मोदीको निर्णयमा निरौलालाई आवश्यक कार्वाहीको लागि मन्त्रालय तानिएको हो । निजामति कर्मचारीको आचरण र मर्यादाविपरितको गतिबिधिमा संलग्न रहेको देखिएकोले निरौलालाई मन्त्रालयमा हाजिर हुन भनिएको मन्त्रालयले जनाएको छ । भिडियोबारेको थप छानविनपछि उनीमाथिको कार्वाही यकिन हुने मन्त्रालयले जनाएको छ । चलानी नं. २४ रहेको पत्रमा ‘तपाईसँग केही कुरा बुझ्नुपर्ने भएकोले २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित…

Read More

काठमाडौं । संसद बैठक बस्दै नबसी स्थगित भएको छ । नेकपा एमालेले क्वीन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । यसअघि सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान राखेको थियो । एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ सुदूरपश्चिम प्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिनगन्ती पनि सुरु भएको बताए । उनले भने, ‘हामी पनि दिन गनेर बसेका छौं । रास्वपा सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीति लागु गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन विताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं ।’ सभापति लामिछानेले आफूहरुले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि…

Read More

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । माओवादी केन्द्रले आगामी साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हो । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले पार्टीको केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिने र बैठक लाइभ गर्ने निर्णय भएको एक नेताले बताए । बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले समाचार संकलन गर्न संचारकर्मीका साथै आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि बैठकबारे जानकारी पाउन सहज गर्न उक्त निर्णय गरिएको बताइएको छ । यसअघि कांग्रेसले पनि…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ । सोमबार महानगरले कार्यालय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले हटाउन लागेको हो । यस्तै भवनको नक्सा पास पनि नरहेको महानगरले जनाएको छ । महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो । महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता तथा कार्यकर्ता कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरिरहेका छन् ।

Read More

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर आज (सोमबार) पनि आंशिकदेखि सामान्य बदली रहीे हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण हुनसक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । भारी वर्षा, बाढी र पहिरोका कारण जन-स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको हो । महाशाखाका…

Read More

काठमाडौं । नेपाली समाजमा हरेक महिना कुनै न कुनै पर्व र चाडहरु पर्छन् । जस्ले नेपाली समाजमा विशेष अर्थ राख्ने गर्दै आएको छ । कहिले दही चिउरा खाने नेपाली समाज कहिल खिचडीमा खान रुचाउँछ । कहिले सेल घ्यु चाकु मन पराउने यो समाज कहिले सातु पानीमा रमाउँछ । यही लयमा साउन १५ खिर खाने दिन हो । देशभरका गाईवस्तु लम्पी स्किनले थला परेको बेला यसपटक खिर खानलाई दूधको समस्या नपर्ला । तर यसपटकको खिर खुवाई ती दूधालु गाई र भैसीहरुको शीघ्र स्वास्थ्य लाभको कामनामा पनि केन्द्रित हुने भएको छ । साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ…

Read More