Author: खबरमञ्च

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । पार्टीद्वारा शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघीयता अन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने बताए । उनले भने, ‘यो बिचको प्रदेश संरचना आवश्यक छैन । यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ । नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ । कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने ? नेपाल जस्तो सानो देशमा किन सयभन्दा बढी मन्त्रीहरू चाहिन्छ भन्नु त ? अहिले हरेक प्रदेशमा १०/१२ जना…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट गरिने अन्याय एवं पक्षपातले अराजकता निम्त्याउने बताएका छन् । आज काठमाडौंमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सरकारी क्षेत्रबाट हुने विभेद नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउनले बताए। राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको तर्क गरेका उनले राजनीतिक दलका निम्ति सरकारभन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्ने बताए। उनले भने, ‘हामीले आज विशेष जोड दिनुपरेको छ । राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय…

Read More

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्यसंगै नेपाली राजनीतिमा नयाँ सुरुवात भएको तर्क गरेका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा नेता बस्नेतले कोशी प्रदेशबाट सुरु भएको नयाँ राजनीतिक कोर्ष अब संघीय सरकारमा समेत देखिने दाबी गरे । उनले भने, ‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरुवात मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरु प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरु प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरु संघीय सरकारमा पनि पर्नेछ ।’ नेपालको राजनीतिलाई नयाँ दिशामा मोड्ने ढंगले कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार बनेको सुनाएका…

Read More

विराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् । संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएको कांग्रेसका कोशी प्रदेश सांसद शमशेर राईले जानकारी दिए । नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै संसदीय दलका नेता थापाले राजीनामा दिएको बताइएको छ ।

Read More

काठमाडौं । आज बिहान सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट ७ः१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो। नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा हेलिकप्टरमा पाइलट प्रकाशकुमार सेढाईं घाइते भएका छन् । उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।

Read More

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उहाँले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।  संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त हुन् ।

Read More

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भइ औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले…

Read More

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरेर आज बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ । प्रवक्ता नेरेन्द्रकुमार कार्कीद्वारा जारी विज्ञप्तीमा मुख्यमन्त्री पदको दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ (५) बमोजिम आह्वान गरेको समयभित्र प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७/४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ भने विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ । थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ ।

Read More

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले हिंसामा ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको जनाएको छ । त्यस्तै दुतावासले हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको बताएको छ । अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जनाइएको छ । त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली…

Read More