Author: खबरमञ्च
झापा- झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ०१ गते साँझ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर हिलिहाङ गाउँपालिका-६ का डम्बर बहादुर मैनालीको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रकाउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खाँदबारी (सङ्खुवासभा)- जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्र नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । फरार कैदीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि…
झापा- आगामी निर्वाचनमा झापाका अपायक मतदान स्थल सार्न जिल्ला निर्वाचन कार्यालयसंग आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाको आयोजना तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको संयोजनमा आज राजनीतिक दलका प्रतिनिधि , जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसंग जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । छलफलमा राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुले जिल्लाका केही अपायक मतदान स्थल सार्न आग्रह गरेका हुन् । मेचीनगर १० को प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा रहेको मतदान स्थललाई १० नं वडा कार्यालयमा सार्नुपर्ने आग्रह गरिएको थियो । त्यस्तै गौरादह ६ का केही मतदाताहरुलाई अपायक पर्ने ठाउँमा मतदान स्थल रहेको भन्दै त्यहाँका वडाध्यक्षले पायक ठाउँमा सार्न आग्रह गरेका थिए…
भद्रपुर (झापा)- यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर निजको मृत्यु भएको हो । घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।
भद्रपुर- यहाँस्थित बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु फेला परेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेला परेकी हुन् । आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले गए राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा- एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्र सुरु भएको छ । काँकडभिट्टाबाट केरखासम्मको ४५ किलोमिटरमध्ये दुई दशमलव पाँच किमी सडकमा कालोपत्र सुरु गरिएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड)ले जनाएको छ । विर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा तीव्रगतिमा भइरहेको छ । सडक आयोजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्र गरिएको बताए । “काम तीव्रगतिमा भइरहेको छ”, उनले भने, “पछिल्लो समय निर्माण व्यवसायीले पनि ध्यान दिएर कामको गति बढाएको छ । वर्षा सकिएको छ, अब चाडपर्व पनि सकिएपछि कामको गति अझै बढ्छ ।” उनले पहिलो सतहको कालोपत्र भएको सडकमा माथिल्लो सतहको पाँच…
झापा- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने…
झापा- कमल गाउँपालिकाले करार सेवाका लागि खोलेको अनमी र ल्याब टेक्निसियन पदको विज्ञापन रद्द गरेको छ। अर्थ मन्त्रालयको परिपत्रअनुसार स्वीकृत दरबन्दी बाहिरका पदहरूमा करारमा कर्मचारी राख्न नपाउने व्यवस्था भएकाले यस कार्यालयबाट प्रकाशित ल्याब टेक्निसियन र अनमी पदको विज्ञापन कार्यपालिकाको असोज ३० गतेको बैठकले रद्द गरेको हो। गाउँपालिकामा रहेका अन्य करारका कर्मचारीहरूलाई पनि हटाइने भएको छ। यस विषयमा कार्यपालिकाको बैठकले छिट्टै निर्णय गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जानकारी दिए। यसै क्रममा, बिर्तामोड नगरपालिकाले हिजो (असोज ३१ गते) १८ जना करारका कर्मचारीलाई कामबाट हटाएको छ। अन्तरिम सरकारले दरबन्दीभन्दा बढी कर्मचारी करारमा नराख्न निर्देशन दिएपछि झापाका विभिन्न पालिकाहरूले त्यसलाई कार्यान्वयन गर्दै…
झापा- चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । कार्यालयका अनुसार असोज मसान्तसम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च भएको छ । यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् एक १९ अर्ब १८…
झापा- ‘जेनजी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको एउटा गोली फेला परेको छ। शुक्रबार बिहान १०:३० बजे दमक नगरपालिका वडा नं. ८, लक्ष्मी मार्गका ३८ वर्षीय कृष्णप्रसाद पाठकले बाटोमा बेवारिसे अवस्थामा एसएमजीको ९ एमएमको एक राउण्ड गोली फेला पारेका हुन्। उनले उक्त गोली इप्रका (इलाका प्रहरी कार्यालय) दमकमा ल्याई बुझाएका छन्। यसैगरी, जेनजी आन्दोलनको क्रममा दमक प्रहरीको पोशाक लुटेर लगाई त्यसको दुरुपयोग गर्ने दमक वडा नं. २, भाङबारीका ३३ वर्षीय रोशन साउदेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो ४ बजे लिम्बूलाई दमक वडा नं. ६, थाना रोडबाट नियन्त्रणमा लिई इप्रका दमकमा राखिएको छ। साथै, सोही आन्दोलनको क्रममा प्रहरीको…