Author: खबरमञ्च

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराउ गर्दैछन् । नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् । धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरूले आज घर घेराउ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका थिए ।

Read More

काठमाडौं । प्रतिनिधिसभा उप-सभामुख इन्दिरा राना मगरले आफूलाई बोल्न नदिएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा २९ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप – चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको धारणा राखिन् । उनले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न पनि गरिन् । ‘आज प्रतिनिधि सभामा हेर्नुहोस् लाइभ कति जना महिलाहरुले बोल्नुहुन्छ ? साँच्चै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । त्यो संविधानले कहाँ…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभा अवरोध गरेको छ । अवरोध पछि बैठक साउन २६ गते शुक्रबार बस्ने गरी बैठक स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका नेताहरूले धारणा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा त्यस विषयमा सरकारको धारणा राखेका थिए । तर, उपप्रधानमन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । सभामुख देवराज घिमिरेले…

Read More

खाँदबारी । संखुवासभाको जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए । आज (बुधबार) बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । उनका अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेका थिए । बिहान फेरि करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएपछि जेलरसहितको टोली त्यहाँ…

Read More

काठमाडौं । ललिता निवास जग्गा प्रकरणले अन्तिम समयमा ट्विस्ट लिने संकेत देखिएको छ । ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरण हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । १२ असारदेखि आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको सीआईबीले १७ दिन बाँकी हुँदा चारजना पूर्वभौतिक पूर्वाधारमन्त्री विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, सञ्जय साह र डम्बर श्रेष्ठलाई पक्राउ गर्न पुर्जी लिएको छ । आइतबार पुर्जी लिएको सीआईबीले हालसम्म उनीहरूलाई पक्राउ गर्न भने सकेको छैन । उसो त आइतबार सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरण हिनामिनाका निर्यणकर्तामाथिसमेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ । सो आदेशपछि ललिता निवासको जग्गा प्रकरणबारे मन्त्रिपरिषद्ले गरेको निर्यणमाथिसमेत…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा गृहमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएको छ । गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम सदनमा दिएको जवाफ सकिन नपाउँदै एमाले चेतक महेश बर्तौलाले उनको जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानविन समितिको माग यथावत रहेको त्यो माग पूरा नभएसम्म सदन चल्न नदिने बताए । उनले भने, ‘अतिरिक्त समय लिएर बोल्नु पर्छ भन्ने हामीलाई लागेको थिएन । गृहमन्त्रीले उपयुक्त ढंगले जवाफ दिनु होला भन्ने लागेको थियो । उहाँले उठेका विषय भन्दा बढी राजनीतिक प्रवचन दिनुभयो । प्रतिपक्षका भनाइप्रति सरकार गम्भीर हुन सकेन ।’ सरकारले प्रतिपक्षको मागलाई वेवास्ता गर्दै जनतालाई भ्रम छर्न लागेको उनको आरोप छ । त्यसलगत्तै एमालेका…

Read More

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसंग विश्वास लागेन भनेर समानान्तर मन्त्रीपरिषद् बनाउँ भन्न नमिल्ने तर्क गरेका छन् । मंगलबार सुन प्रकरणबारे प्रतिपक्षीको माग अनुसार संसदमा जवाफ दिदैँ उनले भने सरकार र सरकारी संयन्त्रलाई विश्वासै नगर्ने भन्ने कुराले कहिँ नपुग्ने तर्क गरे । ‘सरकारले कानून लागू गर्छ । अब संसदलाई विश्वास भएन भनेर यो सरकारले के कानून लागू अर्को मन्त्रीपरिषद् समानान्तर बनाइदिउँ भन्न मिल्छ ?’ उनले भने । त्यस्तै सुन प्रकरणमा राज्यका अंगलाई विश्वास गर्न उनको सांसदहरुलाई आग्रह छ ।

Read More

काठमाडौं । संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले आन्दोलनको घोषणा गरेका छन् । प्याब्सन, हिसान र नेसनल प्याब्सनले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले निजी विद्यालयका मागलाई नसमेटेको भन्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । ‘शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री बनाउँदै आएका निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकूल असर गर्ने यस्ता विधेयकहरू समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण सम्बर्द्धनको सुनिश्चित्ता हुने लिखित प्रतिवद्धता सरकारको तर्फबाट जारी नभएमा देशैभरी सञ्चालित विद्यालयहरू बन्द गर्ने, सवारी साधन सहित सडकमा प्रदर्शन गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरू गर्न हामी बाध्य भएका छौं,’ प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख…

Read More

काठमाडौं । सुन प्रकरणमा छानविन समिति गठनको अडानबाट नेकपा एमाले पछि हटेपछि प्रतिनिधिसभाको बैठक चल्ने भएको छ । बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने सहमति भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको सचेतक महेश बर्तौलाले बताए । उनले भने ‘सरकार आफ्नो अडानमा रह्यो, उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अहिलेसम्म सरकार तयार नभएको अवस्था हुँदाहुँदै पनि आज गृहमन्त्रीले केही विषय बताउँछु भन्नुभएको हुनाले सदन चलाउने र गृहमन्त्रीको जवाफ सुन्ने सहमति बनेको छ ।’ गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने उनको भनाइ…

Read More

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ सुरू गर्दै सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशोर जबराले जानकारी दिए । अब सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने छ । साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि…

Read More