काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसंग विश्वास लागेन भनेर समानान्तर मन्त्रीपरिषद् बनाउँ भन्न नमिल्ने तर्क गरेका छन् ।
मंगलबार सुन प्रकरणबारे प्रतिपक्षीको माग अनुसार संसदमा जवाफ दिदैँ उनले भने सरकार र सरकारी संयन्त्रलाई विश्वासै नगर्ने भन्ने कुराले कहिँ नपुग्ने तर्क गरे ।
‘सरकारले कानून लागू गर्छ । अब संसदलाई विश्वास भएन भनेर यो सरकारले के कानून लागू अर्को मन्त्रीपरिषद् समानान्तर बनाइदिउँ भन्न मिल्छ ?’ उनले भने ।
त्यस्तै सुन प्रकरणमा राज्यका अंगलाई विश्वास गर्न उनको सांसदहरुलाई आग्रह छ ।
Facebook Comments Box
